उप-पधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका सीमा स्थल नजिक निर्माण गरिएको जगडोल प्रवेशद्वार उद्घाटन गरेका छन् ।

मन्त्री पोखरेलले आज बुढानिलकण्ठ वडा नं ११ जगडोलमा बनेको जगडोल प्रवेशद्वार उद्घाटन कार्यक्रममा जगडोललाई पर्यटकीय ग्राम घोषणा समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विकासको काममा कुनै पार्टी नभई स्थानीय भएर लाग्नु पर्ने बताए ।
विकास जसको पालामा भए पनि उपभोग गर्ने स्थानीय नै हुने हुँदा विकास निर्माणमा सहकार्य गर्न सबै राजनैतिक दललाइ आग्रह गरे । सोही कार्यक्रममा प्रवेशद्वार उद्घाटनसँगै त्यस दायाँबायाँ बृक्षारोपण समेत गरिएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij