काठमाडौँ-चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेसनले कोभिड-१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ। फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश-१, प्रदेश-२, बाग्मती र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij