नेपालमा अहिले भ्रष्टाचार फस्टाइरहेको छ । भ्रष्टाचार फस्टाउनुको मुख्य भूमीका राजनीतिक दलकै छ । निर्वाचनको समयमा जनतालाई विभिन्न लोभ देखाएर निकै ठूलो रकम खर्च गर्ने र सोही रकम परिपूर्तिका निम्ति भ्रष्टाचारमा संलग्न हुने प्रचलन अहिले बढ्दो छ । जुन समग्र अर्थतन्त्रको निम्ति फाइदाजनक छैन ।
यद्यपि हामी अहिलेका ठूला दलहरुका यस्ता गतिविधिहरुसँग अस्वस्थ तवरले प्रतिष्पर्धामा जान चाहँदैनौं । हामी हाम्रो सिद्धान्त लिएर जनताहरुसँग जाने हो । हाम्रो दलका अध्यक्ष चित्र बहादुर केसी नेपाली राजनीतिमा स्वच्छ छवि बनाएका व्यक्तित्व हुनुहुन्छ । हामी पनि सोही बमोजिम निर्वाचनको प्रचारप्रसारमा लागेका छौं । निर्वाचनमा तुलनात्मक रुपमा हाम्रो दल सानो भएपनि हामीले जनताहरुलाई सबै कुरा बुझाएर स्वच्छ तवरले नै भोट मागिरहेका छौं । राजनीतिक चेतना जनताहरुमा बाँडिरहेका छौं । विगतलाई हेर्ने हो भने प्युठान र बाग्लुङमा हाम्रो सङ्गठन बलियो छ । अन्य क्षेत्रमा पनि हामीले चुनावी गतिविधिहरुलाई तीव्र पारेका छौं । निर्वाचनको क्रममा जितहार नै मुख्य निर्णायक भएपनि जनताहरु कत्ति चेतनशिल छन् भन्ने कुरालाई अर्को दृष्टिबाट हेर्नुपर्ने हुन्छ । यसैकारण हामीले निर्वाचनलाई आन्दोलनको रुपमा लिँदै हाम्रा गतिविधिहरु तीव्र पारेका हौं । हाम्रा गतिविधिहरुसँगै हाम्रो सङ्गठन समेत बलियो बन्दै गएको छ ।
विगत देखि नै नेपालमा हामीले संघीयताको विरोध गर्दै आएका छौं । संघीयताको भार अन्ततः जनतालाई नै पर्ने हो । अहिले जनताका आधारभूत आवश्यकता समेत निकै नै महँगो हुँदै गएका छन् । यस्तो अवस्थामा नेपालमा संघीयता टिकाउन अर्थात स्रोत र साधनले धान्न सम्भव हुन्छ कि हुँदैन भन्ने विषय समेत महत्वपूर्ण रहँदै आएको छ ।
काे हुन् समीर सिंह ?
समीर सिंह(अशोक विक्रम जिसी)
प्रतिनिधि सभा उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ६
राष्ट्रिय जनमोर्चासमीर सिंह यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका व्यक्ति हुनुहुन्छ । नयाँबजार स्थित आधारशिला कजेजका प्रिन्सिपल समेत रहनुभएका ऊहाँ भारतमा अध्ययन गर्दा अखिल भारत नेपाली विद्यार्थी संघबाट राजनीतिमा संलग्न हुँदै आउनुभएको हो । हाल जनमोर्चा निकट अखिल नेपाल वुद्धिजिवी संघका केन्द्रीय सचिव समेत रहनुभएका ऊहाँ प्युठान काठमाडौं सम्पर्क समिति (जनमोर्चा)का अध्यक्ष पनि हुनुहुन्छ । साथै माक्र्सवादी स्कुलका दर्शनशास्त्री प्रशिक्षक पनि हुनुहुन्छ ।
नेपालमा अहिलेको राजनीतिक परिवेशप्रति ऊहाँको असन्तुष्टि छ । चुनावको बेला विभिन्न दलले आर्थिक प्रलोभनमा भोट हाल्न बाध्य पारी चुनाव जित्ने कारण नै मुलुकमा भ्रष्टाचार फस्टाउँदै गएको ऊहाँको ठम्याई छ । यस प्रणालीलाई अन्त्य गर्नको निम्ति जनताहरु सचेत र जागरुक हुनुपर्ने समीर सिंह बताउनुहुन्छ । प्रस्तुत छ नेपालमा भइरहेको भ्रष्टाचार, सुशासनको अवस्था, राजनीतिक चेतना लगायतका विषयमा समीर सिंहको दृष्टिकोण ः
अहिले पनि मुलुक सुसाशनबाट चल्न सकेको छैन । मुलुकमा भ्रष्टाचार व्याप्त छ । यस्तो अवस्थामा हामीले राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएका छौं । अहिले मुलुकमा राष्ट्रियता संकटमा छ । हामी यी लगायतका एजेण्डाहरु जनताहरुसँग लैजाने उपयुक्त अवसरको रुपमा समेत यही निर्वाचनलाई नै लिएका छौं । देश र जनता प्रति उत्तरदायी हुन सकेमात्र राजनीतिले सही अर्थमा सबैको भलो गर्न सक्छ भन्ने हामीले बुझेका छौं ।
नेपालमा अहिले पनि पुँजीवादी चुनावी प्रचलन छ । जसले गर्दा एउटै व्यक्तिले चुुनाव जित्नको निम्ति करोडौं खर्च गर्ने परिपाटी छ । यस्तो अवस्था रहेसम्म मुलुकमा भ्रष्टाचारको अन्त्य गर्न सम्भव छैन । बर्षौं सम्म जनताको अगाडि देखा नपर्ने तर चुनावको समयमा भने आर्थिक लगायतका विभिन्न प्रलोभन देखाएर जनताको भोटको माध्यमबाट लाइसेन्स लिएर ५ बर्ष शासनसत्तामा हालिमुहालि गर्ने प्रचलन नै गलत छ । यस्तो अवस्थामा जनतालाई सचेत र जागरुक नबनाई भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्न सकिँदैन । अहिले नेपालमा निर्वाचन आयोगले निर्वाचनको समयमा हुने अधिक खर्चलाई रोक्नको निम्ति केही नीतिगत व्यवस्था त गरेको छ । यी नीतिगत व्यवस्था पनि प्रभावकारी भने हुन सकेको अवस्था छैन ।
अहिले पनि भ्रष्ट नेताहरु करोडौं रकमको कुम्लो बोकेर ग्रामीण क्षेत्रमा पुगिसकेका छन् । जनताहरुलाई विभिन्न प्रलोभनमा पार्ने काम शुरु भइसकेको छ । आचारसंहिता पालना गर्नुको साटो माथिल्लो तहमा शक्तिमा भएका व्यक्तिहरुले नै आचारसंहिताको उल्लंघन गरिरहेका छन् । यस्तो अवस्थामा जनताहरु सचेत नहुने हो भने नेपालमा विधिको शासनको परिकल्पना गर्न सकिँदैन ।
निर्णायक शक्ति जनता नै हो । के ठीक र के बेठीक भन्ने कुरा जनताले छुट्याउन सक्नुपर्छ । मुलुकको न्यायाधिस भनेको जनता नै हुन् भन्ने हाम्रो दृष्टिकोण हो । जनता जब सम्म जागरुक र सचेत हुँदैनन्, तब सम्म भ्रष्टाचारलाई अन्त्य गर्न सकिँदैन । हामीले विगतमा जनताहरुसँग जाँदा पनि यही नै पाएका छौं ।
अहिले नेपालमा गणतन्त्र धरापमा पर्ने अवस्थामा छ । यस्तो अवस्थामा नेपालमा जारी भएको संविधानलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ । संविधानमा केही कुराहरु सबैलाई मान्य नभएका हुन सक्छन् । कसैलाई संघीयता मन नपरेको हुन सक्छ । कसैलाई धर्मनिरपेक्षता मन नपरेको हुन सक्छ । यसको वावजुद संविधानलाई बलियो तवरले लागु गर्न सकेमात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । यसमा २ मत छैन ।
अहिले निर्वाचनको समयमा बनेको बामगठबन्धन लोकतान्त्रिक गठबन्धनको तुलनामा प्रगतिशिल शक्ति हो । यसलाई तुलनात्मक रुपमा जनतालाई बढी रुचाउने देखिन्छ । यससँगै मुलुकको अस्थिरता अन्त्य हु्ने र मुलुकले नयाँ गति लिन सहज हुने अनुमान गर्न सकिन्छ । तर राजनीतिक परिस्थिति यही नै हुन्छ भन्न सकिने अवस्था भने छैन ।
संविधान संशोधन लगायतका विषयवस्तुहरु बोकेको माओवादी शक्ति अहिले नेकपा (एमाले) सँगै छ । २ तिहाइ र बहुमतको निर्वाचनमा अहिलेको निर्वाचनको माध्यमबाट उनीहरुको अवस्था के हुने हो ? अहिलेको बामगठबन्धन दिर्घकालिन रुपमा कसरी अघी बढ््ने हो ? ती कुराहरुमा नै मुलुकको भविष्य निर्भर रहन्छ । फेरी पनि दलहरु मधेसलाई टुक्र्याउने तिर लाग्ने हुन् कि ? अथवा सबै कुरा मिल्दै जाने हो ? आशावादी हौं, निर्वाचनको माध्यमबाट जनताले आगामी मुलुक सञ्चालन गर्ने नेतृत्व चयन गर्नेछन् । सोही बमोजिम मुलुकले आगामी दिनमा गति लिनेछ ।
अहिले नेपालको अर्थतन्त्र कमजोर हुँदै गएको छ । हामी आयातित विदेशी वस्तुमा नै निर्भर छौं । नेपालका कृषिमा संलग्न व्यक्तिलाई राज्यले आवश्यक सहयोग गर्न नसकेको अवस्थामा नेपालीहरु विदेशमा निर्भर हुनुपरेको छ । यद्यपि हामीले नेपालको अर्थतन्त्रलाई माथि उठाउनको निम्ति हामी आफैं स्वाबलम्बी र आत्मनिर्भर हुने प्रयाशमा लाग्नुपर्छ । दलाल र पुँजीवादी प्रचलन बलियो रहेसम्म मुलुकको राष्ट्रिय अर्थतन्त्र बलियो हुन सक्दैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij