२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चीनमा सङ्क्रामक रोगका कारण दुई हजारको मृत्यु

चीनमा सङ्क्रामक रोगका कारण दुई हजारको मृत्यु

चीन(एजेन्सी) । चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।

नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।

मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ।

मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij