२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चीनको वुहानबाट कोरोनाका सबै बिरामी डिस्चार्ज, सफलताको स्वेतपत्र जारी गर्ने तयारी

चीनको वुहानबाट कोरोनाका सबै बिरामी डिस्चार्ज, सफलताको स्वेतपत्र जारी गर्ने तयारी

एजेन्सी जेष्ठ २३ । गत डिसेम्बरमा कोरोना भाईरस देखा परे पछि चीनको सबै भन्दा खराब अवस्थाको सामना गरेको वुहान शहरका सबै अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् । अब कुनै पनि अस्पतालमा एक पनि बिरामी बाँकी छैनन् भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

अस्पतालहरुमा रहेका अन्तिम ३ जना बिरामी बिहिबार डिस्चार्ज भएको, नयाँ संक्रमित र मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।
वुहान सहित हुवेई प्रान्तमा जम्मा ६८ हजार १ सय ३५ संक्रमित भएकोमा ६३ हजार ६ सय २३ डिस्चार्ज भएको र ४ हजार ५ सय १२ जनाको मृत्यु भएको अधिकारीहरुले उल्लेख गरेका छन् ।

झोगंनान अस्पतालका आईसियु निर्देशक पेगं जियोगंले पछिल्लो परिस्थितिले वुहानले महामारी बिरुद्धको युद्धमा सफलता पाएको संकेत दिएको बताएका छन् ।

चीनले कोरोना बिरुद्धको युद्ध र सफलताको बारेमा आईतबार स्वेत पत्र जारी गर्ने तयारी गरेको ग्लोबल टाईम्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij