२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

चामत्कारिक उपलब्धि हासिल गर्नको लागि कृतज्ञता अभ्यास

चामत्कारिक उपलब्धि हासिल गर्नको लागि कृतज्ञता अभ्यास

  • कमल पन्थी

कृतज्ञता अर्थात हृदय देखिको प्रशन्नता र धन्यवाद भावमा ठूलो शक्ति छ । हामीबाट व्यक्त भएको कृतज्ञ भावले अर्को व्यक्तिलाई समेत आनन्दित बनाउँछ । यसले हामीलाई थप जिम्मेवार र अनुशासित बनाउँछ । आफू कुन बाटोमा छु भन्ने कुरा ज्ञात गराउँछ । आफूमा निरन्तर कृतज्ञता अभ्यास बढाउँदै लैजाँदा हामीले थुप्रै शारीरिक, मानसिक एवं भावनात्मक समस्याबाट छुटकारा समेत पाउन सक्छौं । साथै हामी आफू चेतनाको कुन अवस्थामा छु भन्ने ज्ञान समेत प्राप्त गर्दै जान सक्छौं । आफैं भित्रका सकारात्मक तत्वहरु, खुसी, आनन्द र अनन्त कार्यक्षमता बारे सजग समेत बन्दै जान सक्छौं । बिस्तारै–बिस्तारै यसरी आत्मनिरीक्षण तर्फ गहिरिँदै जाँदा हामीले आफूले थाहै नपाई हाम्रो अवस्थामा बदलाव आएको महसुस हुँदै जान थाल्नेछ । जब हामी सचेत रुपमा आफ्ना विचार र भावनाहरुको निरीक्षण गर्न शुरुवात गर्छौं, तब हामी आफ्नो वर्तमान अवस्था बारे जानकारी त प्राप्त गर्छौं नै । साथै हामी कुन गञ्तव्य तर्फ अघी बढ्न चाहेका छौं, त्यस गञ्तव्यमा अघी बढ्ने क्रममा हामी अहिले कुन स्थितिमा छौं, हाम्रा अहिलेका बाधाअवरोधहरु के हुन् ? त्यस नयाँ गञ्तव्यमा पुग्नको लागि हामीले आफूमा के–कस्ता बदलावहरु ल्याउनुपर्छ ? हाम्रा अहिलेका राम्रा पक्षहरु के–के हुन् ? कुन–कुन कुराहरुमा सुधार ल्याउनुपर्छ भन्ने कुराको समेत पहिचान गर्न सक्छौं । जब हामी सचेत रुपमा यस्तो अभ्यास शुरुवात गर्छौं र त्यस अभ्यासलाई बढाउँदै लैजान्छौं, तब हाम्रो जीवमा एक पछि अर्को गर्दै अन्य राम्रा वस्तु, परिस्थिति र घटना प्राप्ति वा घटित हुँदै जान्छन् ।

यदि हामीमा सकारात्मक सोच, दृष्टिकोण र योजनाहरु धेरै छन् भने हामी स्वभाविक रुपमा सकारात्मक कर्म तर्फ प्रेरित हुन्छौं, यदि हामीमा नकारात्मक सोच र दृष्टिकोणको मात्रा बढी छ भने हामी नकारात्मक कर्म तर्फ नै प्रेरित हुन्छौं । किनकि हाम्रो मष्तिष्कले एकै पटकमा राम्रो र नराम्रो दुवै कुरा सोच्न र काम गर्न सक्दैन । आफ्नो मष्तिष्कमा भएको सकारात्मक सोच र योजनाले हामीलाई केही समय सकारात्मक यात्रामा अघी बढाउँछ, त्यस अवस्थामा हामीमा एक पछि अर्को सकारात्मक योजना र उपलब्धि प्राप्ति भएको हामीले महसुस गर्दछौं । जब हामीमा नकारात्मक चीजहरुले प्रभाव पार्न शुरु गर्दछन्, त्यसपछि एक पछि अर्को गर्दै थप नकारात्मक घटनाहरु नतिजाको रुपमा हामीलाई प्राप्ति हुन थाल्दछन् ।

अहिले सम्म हामीले सचेत रुपमा आफ्नो अवस्था विष्लेषणको लागि कुनै प्रयत्न गरेनौं, जसले गर्दा अहिले हामीलाई जे प्राप्त भएका छन्, यत्तिकै अर्थात् हाम्रो सचेत अभ्यास बिना प्राप्त भए । अर्थात् हाम्रो पारिवारिक पृष्ठभूमि, वातावरण, शिक्षा, सङ्गत, हामीले समाजबाट कुनै वस्तु, व्यक्ति वा घटना प्रति हेर्न सिकेको दृष्टिकोण, सामाजिक एवं धार्मिक मूल्य मान्यता, हामीमा स्वभाविक रुपमा विकास भई स्वचालित बनिसकेका हाम्रा सोच र बानी व्यवहार, विगतका अनुभव लगायतबाट हामी अहिलेको अवस्थामा आयौं । अब हामीले आफ्नो उत्पादकत्व, सामाजिक दायित्व (योगदान), आर्थिक पक्ष, सामाजिक प्रतिष्ठा बढाउने हो भने बिस्तारै–बिस्तारै तर निरन्तर रुपमा सचेत प्रयत्न गर्नु जरुरी छ । हामीले जुन दिशामा कदम चाल्छौं, त्यस दिशामा काम गर्ने क्रममा उक्त कामबाट प्राप्त हुने नतिजा चक्रीय रुपमा वृद्धि हुँदै हामीलाई प्रतिफल दिन्छ । यसरी आफूमा सकारात्मक मनोभाव विकास गर्नको लागि पहिलो प्रयत्न कृतज्ञता अर्थात् धन्यवाद भावलाई बनाउँ ।

कृतज्ञता अभ्यास हामीलाई सकारात्मक मनोभाव विकासको लागि निकै महत्वपूर्ण हुन्छ । स्वभाविक रुपमा हामी आफूमा धेरै हद सम्म तत्कालिन लाभ र आवश्यकतालाई बढी महत्वपूर्ण ठान्छौं । दीर्घकालिन उद्देश्य सहित सुझबुझमा अघी बढाउन निरन्तर चालिरहने भनेर गरिएका संकल्पहरुबाट हामी छिट्टै थकित बन्न पुग्छौं । किनकि हामी माथि अर्थात् हाम्रो बौद्धिक एवं रचनात्मक क्षमता माथि धेरै हद सम्म संवेग र भावनाले हामीलाई निर्देशित गर्दछन् । जब सम्म हामी सचेत रुपमा जीवन जिउन प्रयत्न गर्दैनौं, तब सम्म हाम्रो गञ्तव्य निश्चित दिशामुखी नबन्न सक्छ । मानिसका आर्थिक, भौतिक, पारिवारिक, स्वास्थ्य, व्यक्तिगत सम्बन्ध लगायतका हरेक क्षेत्रको विकासको लागि निश्चित योजना र उद्धेश्य सहित गञ्तव्यमुखी तवरले अघी बढ्न सक्नुपर्छ । यसको लागि आवश्यक रहन्छ कृतज्ञता अभ्यास ।

यसरी कृतज्ञतालाई अभ्यास बढाउँदै लैजाने क्रममा हामीले चाहे अनुसार जीवनमा परिवर्तन हुँदै जाने थाल्नेछ । बिमारीको बदलामा सुस्वास्थ्य, चिन्ता र तनावको बदलामा खुसी, प्रशन्ता र आनन्द, पराजयको बदलामा विजय लगायत हामीलाई प्राप्ति हुनेछन् । किनकि जब हामीले आफ्नो केन्द्रबिन्दु (फोकस एरिया) बदल्छौं, तब हाम्रा उपलब्धि पनि सोही बमोजिम बदलिँदै जान थाल्नेछन् । आफ्नो व्यवहार बदलावका लागि प्रयत्न गर्ने क्रममा परिणाममा बदलाव देखिन शुरुवादी दिनमा अलि लामै समय पनि लाग्न सक्छ, तथापि हामीले गरेका स्वभाविक वा सचेत प्रयत्नको प्रतिफल त हामीले पाउनैपर्छ र पाउँछौं नै । जब यस किसिमको अलग दिशामा हुने रुपान्तरणको अनुभव गर्न हामीलाई प्रारम्भिक चरणमा अलि बढी नै समय लाग्न सक्छ । तथापि जब हामीलाई यस किसिमको अनुभव हुन शुरु गर्छ, त्यसपछि आउने सकारात्मक बदलावको गति तीव्र बन्दै जान्छ । किनकि चक्रीय नियमले शुरुवाती चरणमा खासै असर देखाउँदैन, जब यसमा असर देखिन्छ, तब यसले घाताङ्कीय (एक्स्पोनेन्सियल) दरमा वृद्धि वा प्रभाव देखाउन थाल्नेछ । हामीले जे काम गर्छौं, त्यो काम बानी बन्दै जाने क्रम अर्थात रुपान्तरणको प्रक्रियामा त्यसको प्रभाव हामीमा चक्रीय रुपमा वृद्धि हुँदै जान्छ । यसरी प्राप्त हुने नतिजा हाम्रो लागि चामत्कारिक उपलब्धि भएको हामीले महसुस गर्नेछौं ।

विगतबाट जे सिक्यौं…..
अहिले सम्म हामी आफूलाई सधैंजसो सदैव अभागि नै ठानिरह्यौं । कहिलेकाहीँ हामीले आफू बढी नै कमजोर वा पीडित देखिएर अन्य व्यक्तिहरुको ध्यान आकर्षित गर्ने प्रयाश पनि गरेका हुन सक्छौं । हामी आफूलाई अन्य व्यक्तिले कठै विचरा भनेको खण्डमा आफू माथि कृपा भएको महसुस गर्छौं । यो मानवीय स्वभाव हो तर यस किसिमको करुणाले हामीलाई तत्कालको लागि शान्ति वा आनन्दको अनुभुति गराएपनि त्यसले पार्ने दीर्घकालिन प्रभाव सकारात्मक हुँदैन, बरु हामीलाई थप कमजोर बन्नको लागि बल प्रदान गर्छ । यसकारण अब हामी अन्य व्यक्तिको दया र करुणाको कारण बन्नुछैन, बरु हामी समाजको प्रेरक पात्र बन्नुछ, मार्गदर्शक बन्नुछ । त्यसकै लागि हामीले आफूमलाई थोरै तर नियमित रुपमा कृतज्ञ अवस्थामा राखिरहनु जरुरी छ । हामीले कृतज्ञता अभ्यासलाई हरेक दिन अभ्यास गर्दै जानेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij