२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

घुसका विरुद्ध बिषको मुख्य एजेण्डा सहित दुर्गा थापा चुनावी मैदानमा

घुसका विरुद्ध बिषको मुख्य एजेण्डा सहित दुर्गा थापा चुनावी मैदानमा

दुर्गा विक्रम थापा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडाैं क्षेत्र नम्बर ३, चुनाव चिन्ह घण्टी

दुर्गा विक्रम थापा लामो समय देखि व्यावसायिक क्षेत्रमा संलग्न रही एक सफल उद्यमीको रुपमा पहिचान बनाउन सफल प्रतिष्ठित व्यक्ति हुन् ।

यसपटकको निर्वाचनमा समग्र उद्योगी व्यवसायी एवं विकासप्रेमी जनताका अपूरा सपना साकार पार्ने उद्देश्यले उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा खटिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थापा मुलुकको विकृति, विसङ्गति र अराजतालाई देखेर आफू राजनीतिमा आउनुपरेको बाध्यता सुनाउँछन् ।

सामाजिक दायित्वलाई आत्मसात् गरी सकारात्मक सोच सहित कर्मपथमा निरन्तर क्रियाशिल रहने थापाले नेपाली समाजको वस्तुस्थितिलाई मध्यनजर गरी आफ्नै मौलिक विचारको रुपमा ‘घुसका विरुद्द विष’ नामक अभियान समेत सञ्चालन गरिरहेका छन् ।

लामो समय व्यावसायिक क्षेत्रको प्रतिनिधि एवं नेपाली नागरिकको हैसियतमा रहेर बिताउने क्रममा भोग्नुपरेका विभिन्न नीतिगत एवं कानुनी झण्झटिला प्रावधान, मौलाउँदै गएको भ्रष्टाचार, कालोबजारी, सार्वजनिक निकायबाट सेवा प्रवाहमा भएका कमीकमजोरी, प्रक्रियागत कठिनाई, नातावाद र भनसुन, राज्य संयन्त्रको जिम्मेवारीमा रहेका प्रतिनिधिहरुले उद्योगी, व्यवसायी एवं साधारण नागरिक प्रति देखाउने व्यवहार लगायतका विविध परिस्थितिले नै आफूलाई राजनीतिमा आउनको लागि पृष्ठभूमिको रुपमा काम गरेको थापा बताउँछन् ।

अहिले सम्म निश्चित नीति र सिद्धान्त बोकेर दलका प्रतिनिधिहरुले दशकौं लामो समय व्यतित गरेर राजनीतिक दलबाट टिकट लिनुपर्ने, सही पात्र अगाडि आउन नसक्ने, निर्वाचित प्रतिनिधि पनि पार्टीको ह्वीपको कारण आफूले चाहेबमोजिम काममा अघी बढ्न नसक्ने भएकोले मुलुकलाई सकारात्मक परिवर्तनको लागि काम गर्न नसकेको स्थितिले गर्दा यसपटक यस्तो प्रणालीबाट आजित व्यक्तिहरु स्वतःस्फूर्त जुर्मुराएर मैदानमा खटिएको बताए । नयाँ पार्टीको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनमाहोल समेत अत्यन्तै सकारात्मक देखिँदै आएको छ ।

प्रतिनिधिसभा उम्मेदवार थापाले आफ्नो उम्मेदवारी मुलुकको वेथिति अन्त्यको लागि भएको समेत बताए । सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा आफूले सुशासन सहितको समृद्धि, सुरक्षित बसोबास, स्वस्थ खानेपानी, सामाजिक विभेदको अन्त्य, सार्वजनिक सेवाप्रवाहलाई सहज बनाउन अनलाइन प्रणालीको उच्चतम प्रयोग, प्राकृतिक स्रोतको उच्चतम उपयोग मार्फत दिगो आर्थिक समृद्धि, शिक्षा एवं स्वास्थ्यमा सबैको सहज पहुँच स्थापना, युवाहरुको क्षमता अभिवृद्धि एवं सचेतना जागरण, स्वदेशमै अवसर सृजना जस्ता कार्यक्रम सञ्चालन गरी गुणस्तरीय जीवनशैलीको प्रत्याभुति दिलाउने बताए ।

हाल सम्म देशले ऋणस्वरुप लिएको २० अर्ब रकम किन कुन प्रयोजनको लागि लिइयो र त्यो रकम कहाँ खर्च भई उपलब्धि के प्राप्त भयो भन्ने लगायतका सार्वजनिक महत्वका विषयवस्तुहरु बारे जनताहरुलाई जागरुक गराई सत्यतथ्य बाहिर ल्याउन आफू सफल हुने थापाको दावी छ ।

आफैं पनि व्यावसायिक क्षेत्रबाट माथि उठेका थापा आगामी दिनमा मुलुकको मुहार फेर्नको लागि युवाहरुलाई उत्पादनमा जोड्नुपर्ने बताउँछन् । नेपालमा भएका प्राकृतिक स्रोतसाधनको सही तवरले उच्चतम उपयोग हुने गरी उत्पादन तथा प्रशोधन गरेर स्वदेशी एवं विदेशी बजारमा प्रवद्र्धन मार्फत राम्रो रकम आर्जन गर्न सकिने निकै महत्वपूर्ण सम्भावना क्षेत्रहरुको आफूले पहिचान गरेको समेत थापाको दावी छ ।

सामाजिक दायित्वलाई आत्मसात् गरी सकारात्मक सोच सहित कर्मपथमा निरन्तर क्रियाशिल रहने थापाले नेपाली समाजको वस्तुस्थितिलाई मध्यनजर गरी आफ्नै मौलिक विचारको रुपमा ‘घुसका विरुद्द विष’ नामक अभियान समेत सञ्चालन गरिरहेका छन् ।

नेपालका सम्भावना क्षेत्रहरुको खोजी गरेर आयातमुखी देशबाट निर्यात उन्मुख देशको रुपमा नेपाललाई विकास गर्ने योजनामा थापा निरन्तर क्रियाशिल रहनेछन् । मुलुकको निर्यातलाई आगामी ५ बर्ष भित्रमा ७ खर्ब माथि पुर्याउने योजना सहित उनी निरन्तर क्रियाशिल रहँदै आएका छन् ।

हाल सम्म देशले ऋणस्वरुप लिएको २० अर्ब रकम किन कुन प्रयोजनको लागि लिइयो र त्यो रकम कहाँ खर्च भई उपलब्धि के प्राप्त भयो भन्ने लगायतका सार्वजनिक महत्वका विषयवस्तुहरु बारे जनताहरुलाई जागरुक गराई सत्यतथ्य बाहिर ल्याउन आफू सफल हुने थापाको दावी छ ।

लामो समय निजी व्यवसाय, पश्मिना उद्योग संघको नेतृत्व हुँदै निर्यात व्यवसायी महासंघको नेतृत्व सम्म आइपुग्दा भोगेका अनुभव, वैदेशिक मुलुकहरुका विभिन्न प्रयोजनले पुग्दा आफूले सिकेको ज्ञानको ठोस उपलब्धि अब जनताहरुसँग बाँडेर समाज रुपान्तरणको लागि जतिसक्दो सहयोग पुग्न सकोस् भन्ने मान्यताले आफूले यसपटक घण्टी चिन्ह लिएर चुनावी मैदानमा खटिएको थापा बताउँछन् ।

यसैकारण सभ्य एवं सुसंस्कृत समाजको परिकल्पना गर्ने सम्पूर्ण मतदाताहरुलाई घण्टी चिन्हमा मतदान गरी आफ्नो सपना साकार पार्न थापा आग्रह समेत गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij