२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बिग मार्ट र ग्लाेबल आइएमइ बीच सहकार्य

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुट योजना माघ महिनाभरि मात्र लागु हुनेछ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा आकर्षक पुरस्कारहरु समेत प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij