असार २ गते शनिबार ग्रिल तथा स्टील ब्यवसायी महासंघ अन्तरगत संगठित ग्रील तथा स्टील ब्यवसायी संघ जोरपाटीको अधिवेसन सम्पन्न भएको छ ।
अधिवेसनको उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अबैध किसिमले सञ्चालित ग्रिल ब्यवसायीहरुलाई सरकारको कानुनी दायरामा आई व्यवस्थित र मर्यादित बन्दै समयमै गुणस्तरिय सेवा प्रदान गर्नुपर्नेमा ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
देशको पुर्वाधार विकासमा ठुलो योगदान प¥याउदै आएको ग्रील तथा स्टील ब्यवसायलाई प्रवर्धन गर्नको निम्ति यस पटकको बजेटले गरेको सम्बोधनलाई व्यवसायीमाझ स्वागत गर्दै बजेटको प्रभावकारी कार्यान्वयनको लागी सरकारको ध्यानाकर्षण गर्न समेत कटुवालले आग्रह गर्नुभएको छ ।
हालै सबै तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको र देश नयां युगमा प्रबेश गरेको अवस्थामा सबैको ध्यान देशको समृद्धि रआर्थिक उन्नतीमा केन्द्रीत भई विकास निर्माणको काममा तिब्रता आउने आउनेमा आफुहरु आशावादी रहेको बताउँदै पुर्वाधार बिकासमा महत्वपुर्ण योगदान गर्दै आएका ११ हजार मेटल फेब्रिकेटर्सहरुका निम्ति ठुलो सम्भावना रहेको यस क्षेत्रले नयाँ गति लिनेमा समेत आफुहरु आश्वस्त रहेको समेत उनले बताए ।
संगठित र समय सापेक्षिक परिष्कृत परिमार्जित हँुदै देश निर्माणमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुहुँदै हालै फलाम र निमार्ण सामाग्रीहरुमा भएको अनियन्त्रित अस्वभाबिक मुल्यबृद्धिले आफुहरु समेत आश्चर्यमा परेको बताउनुभयो । साथै मुल्य बृद्धि फिर्ता गराउन र नियमित बजार अनुगमन गर्न समेत ऊहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बार्षिक ४० अर्व भन्दा बढीको मेटल फेब्रिकेटीङ गरि सेवा प्रदान गरी १ लाख ६० हजार भन्दा बढीलाई रोजगारी दिंदै आईरहेको ग्रील तथा स्टील उधोगीहरुले स्वदेशमै ग्रीलजन्य सामाग्रीहरु फेब्रिकेटिङ गरि सेवा प्रदान गर्दा ग्रीलजन्य सामाग्रीको आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर हुने अवस्थामा आफुहरुको व्यवसाय पुगेको बताउँदै उनले यो ब्यवसायले आफ्नै लगानीमा बार्षिक ५ हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्दै आएको तर साथै तत्कालै थप २० हजार जनशक्तिलाई रोजगारी दिन सक्ने अवस्थामा आफुहरु रहेको समेत ऊहाँले बताउनुभयो ।
ग्रील तथा स्टील ब्यवसायी संघ जोरपाटीको अधिबेशनका अध्यक्ष चन्द्रभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले पुनः चन्द्रभक्त श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयां कार्यसमिति समेत चयन गरेको छ जसको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिव गणेश बहादुर श्रेष्ठ, कोषाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सह₋सचिव निरज थामी, सदस्यहरुमा गणेश बहादुर थामी, दिलबहादुर श्रेष्ठ, बिर बहादुर श्रेष्ठ, सुमन श्रेष्ठ, नवराज गदाल, उमेश थामी, गोबिन्द बहादुर श्रेष्ठ र बुद्ध बहादुर घलान निर्वाचित भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij