२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ग्यासमा कालोबजारी गर्नेलाई तीन लाख रुपैयाँ जरिवाना

ग्यासमा कालोबजारी गर्नेलाई तीन लाख रुपैयाँ जरिवाना

धनगढी– धनगढीमा ग्यासमा कालोबजारी गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।

ग्राहकबाट बढी रकम असुलेर ग्यास सिलिण्डर बिक्री गर्ने धनगढी उपमहानगरपालिका– ६ मट्यारीमा रहेको शुभ समैजी ग्यास सप्लार्यसका सञ्चालक हेमन्ती पाललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य तथा आपूर्ती कार्यालय धनगढीले जनाएको छ।

वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख कमल पुनमगरले संयुक्त अनुगमनका क्रममा सप्लायर्सले ग्राहकबाट एक हजार तीन सय ४० पर्ने ग्यास सिलिण्डरको एक हजार तीन सय ७५ रुपैँया लिएर बिक्री गरेकाे पाइएपछि जरिवाना गरिएको जानकारी दिए।

सप्लार्यसले चैत १ गतेदेखि वैशाख ६ गतेसम्म बिक्री गरेका एक हजार एक सय ४४ थान सिलिण्डरको बिल समेत जारी गरेको नभेटिएको आपूर्ति कार्यालय प्रमुख पुनमगरले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij