निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार पक्राउ पर्नेमा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् । प्रहरीले थेवेको साथबाट ९ एमएमको पेस्तोलसहित ८ .राउण्ड गोली पनि फेला परेको छ । 
त्यस्तै योङहाङको साथबाट एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको एसएसपी धानुकले जानकारी दिए । पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरीको आशंका छ । गौचन हत्यामा संलग्न मुख्य सुटरसहित ५ जनालाई प्रहरीले गत मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो । घटनामा अझै ८ जना फरार रहेको बताइएको छ ।
असोज २३ गते शान्तिनगरस्थित आफ्नै घरनजिक गौचनलाई गाडीभित्रै गोली हानिएको थियो । उनको तत्कालै मृत्यु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij