गत १ वैशाखदेखि सोही वर्षको चैत मसान्तसम्म विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित समाचारका अध्ययनका आधारमा सो तथ्य बाहिर आएको हो । राजधानी, कान्तिपुर, काठमाडौं पोष्ट, द हिमालयन टाइम्स, समाचारपत्र, नागरिक र गोरखापत्रमा वर्ष दिनमा प्रकाशित मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचारको समीक्षा गरी तयार पारिएको सो प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मानव बेचबिखन शाखाका अधिकृत सानुनानी अधिकारीले मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितलाई उद्धार एवं बेचबिखनबाट बचाउन सरकार लागि परेको बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij