२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

खेम र सुनीतामीको स्वरमा ‘रुमाल साट्न पर्दैन’ लोकदोहोरी सार्वजनिक

खेम र सुनीतामीको स्वरमा ‘रुमाल साट्न पर्दैन’ लोकदोहोरी सार्वजनिक

काठमाडाैं । चर्चित गायक खेम सेन्चुरी र सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ ।
तेजु सुनामले लेखेको निकै मार्मिक र कर्णप्रिय गीत खेम सेन्चुरी युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको गायिका सुनीतामी परियारले जानकारी दिइन् ।
उनका अनुसार रिरिज भएको ८ घण्टामा झन्डै  २० हजार भ्युज भइसकेको छ ।
उक्त गीतमा सङ्गीत स्वयम् गायक सेन्चुरी, एरेन्ज श्यामस्वेत रसाइली, बासुरी रत्न बिकेको रहेको छ । म्युजिक भिडियोमा खेम र केकी अधिकारीले मोडलिङ गरेका छन् ।
अडियो/भिडियो संस्कृति म्युजिक प्रालीको रहेको छ ।
एकदमै नयाँ शैली र अहिलेसम्मकै छुट्टै खालको गित धेरै मिहिनेत गरेर बजारमा ल्याउन सफल भएको चर्चित गायिका सुनितामी परिवार बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij