काठमाडाैं क्षेत्र नम्बर ७ बाट लाेकतान्त्रिक गठबन्धनबाट उम्मेद्वारी दिनुभएका विक्रम बहादुर थापा राप्रपाका केन्द्रीय सदस्य पनि हुन् । विकासकाे लागि निरन्तर रूपमा लागिपर्दै अाएका उनी अहिले अाफ्नाे टीम सहित चुनावी प्रचारप्रसार अभियानमा व्यस्त छन् । 
काठमाडाैंकाे क्षेत्र नम्बर ७ का जनताका समस्याहरूबीच अाफू परिचित रहेकाे उनी बताउँछन् ।
तारकेश्वर-३ का राप्रपा समर्थक अर्जुन उप्रेतीका अनुसार कर्तव्यनिष्ठ, इमान्दार र वैचारिक रूपमा प्रष्ट थापा नेपालकाे विकासकाे निम्ति स्पष्ट मार्गचित्र भएका व्यक्ति पनि हुन् । यसैकारण देशकाे उन्नति र प्रगति चाहनेहरूले गार्इ चिन्हमा भाेट हालेर थापालार्इ विजयी गराउनुपर्ने उप्रेती बताउँछन् । साथै अहिलेकाे परिस्थितिमा व्यक्ति भन्दा पनि विकासकाे खाका भएकाे र राष्ट्रलार्इ अावश्यक व्यक्तिलार्इ विवेकपूर्ण ढङ्गले भाेटकाे माध्यमबाट विजयी गराउनुपर्ने कुरामा समेत उप्रेतीकाे जाेड छ ।
सङ्गठनात्मक रूपमा सानाे दल देखिएपनि राष्ट्र र राष्ट्रयताकाे पक्षमा अडान लिँदै अाएकाे राप्रपाले नेपालमा सनातन धर्म रक्षार्थ धार्मिक रूपमा हिन्दू राष्ट्र हुनुपर्ने कुरालार्इ जाेडदार रूपमा उठाउँदै अाएकाे छ ।
हाल काठमाडाैं क्षेत्र नम्बर ७ बाट प्रदेशसभाकाे निम्ति लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट ७ (क) मा विजय बहादुर माली र ७ (ख) मा धर्मराज अर्याल चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । उनीहरू दुवैजना नेपाली काङ्ग्रेसका प्रतिनिधि पात्रहरू हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij