२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

क्षेत्र नं ३ काठमाडौँमा रोमान्चक प्रतिस्प्रधा हुँदै

क्षेत्र नं ३ काठमाडौँमा रोमान्चक प्रतिस्प्रधा हुँदै

एमाले पनि चुनावी प्रतिष्पर्धामै

काठमाडौं निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा तर्फको उमेदवारीको  विषयलाई लिएर कांग्रेस पार्टीमा हलचल पैदा भएको छ । सबै दलको ध्यान येतिबेला सो क्षेत्र मा तानिएको छ बिशेष गरि एमालेको ध्यान आकर्षित भएको छ ।  कांग्रेसबाट वर्तमान मन्त्री अम्बिका बस्नेत र परशुराम पोखरेलको नाम सर्बाधिक चर्चामा छ। पोखरेल दुई पटक महासमिति सदस्य तथा क्षेत्रिय सभापति समेत भइसकेका छन् र निर्वाचन क्षेत्रभरिका १३ वटै इकाईबाट सिफारिस भएका छन्  भने बस्नेत ११ वटा इकाईबाट मात्र सिफारिसमा परेकी छिन्। यही कुरालाई मुल्यांकन गर्ने हो भने पनि पोखरेल सो क्षेत्रमा लोकप्रिय एबम बलिया प्रतिस्पर्धी हुन् भन्ने प्रस्ट पार्छ । चुनाब जित्न को लागि आफ्नो क्षेत्रमा आफ्नो प्रभावको मुल्यांकन पनि गर्नुपर्ने हुन्छ तर माननीय ज्युको अवस्था सो क्षेत्रमा कम्जोर देखिएको छ भने पोखरेल आफ्नो क्षेत्रमा चुनाव जित्नेमा पुरै विस्वस्त भएको देखिन्छ ।
३५ बर्षको  राजनितिक अनुभव भएका पोखरेल २०३६ सालकाे जनमत संग्रहमा सुन्दरीजल नयाँपाटीकाे अध्यक्ष, २०३६ साल देखि २०६१ सालसम्म ६ पटक प्रहरी हिरासतमा,संग्रहालय स्थापनाकाे काममा सेनाकाे हिरासतमा, २०४६ सालकाे जनअान्दाेलनमा सकृय भूमिका,२०६०काे राजा बिराेधी अान्दाेलनमा रिले अनसन रत्नपार्कमा भाग लिएकाे,जनयुद् कालमा २०६१ सालमा गाेली र बारूदकाे बिचमा अाफ्नाे ज्यानकाे पर्वाह नगरी पार्टीकाे लाेकजागरण कार्यक्रम अन्तर्गत रूकुम,राेल्पा,सल्यान,जाजरकाेटमा  कार्यक्रम लिइ गएकाे, २०६२।०६३ काे अान्दाेलनमा काठमाण्डाै क्षेत्र नं. ३ मा कमाण्डर भइ काम गरेकाे,२०६४।०७० काे संबिधान सभा निर्वाचनमा प्रतक्ष्य तर्फ सिफारिस भएकाे, वी.पी.संग्रहालय समितिकाे संस्थापक अध्यक्ष,वी.पी.काे पुस्तक लेखक तथा सम्पादक एवं प्रखर बक्ता भएका पोखरेल जनताको मनमा बस्न  र समाजसेवीको छबि बनाउन सफल भ

एको देखिन्छ।
पोखरेलले टिकट नपाएमा सबै भन्दा खुसि सो क्षेत्रका एमाले हुनेछ भन्दा फरक नपर्ला किनकि एमाले उमेद्वारको लागि माननीय बस्नेत फितलो हुने  मुल्यांकन सो क्षेत्रमा एमाले समर्थकले गरिसकेका छन् र एमाले उमेद्वार पनि माननीय बस्नेतले टिकट पाए आफुले जित्नेमा विस्वस्त भएको महसुस गर्न सकिन्छ । अब हेर्न बाँकि छ काँग्रेसले आफु र आफ्नो समर्थक खुसि हुने निर्णय लिन्छ या एमालेलाई खुसि बनाउँछ ।

 

Best 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij