क्यान महांङले अायाेजना गरेकाे क्यान इएन्फाेटेक मेला सम्पन्न भएकाे छ । राजधानीकाे भृकुटीमण्डपमा माघ १३ देखि १८ सम्म सञ्चालनमा अाएकाे उक्त मेलामा १० लाख मानिसहरूले मेलाकाे अवलाेकन गरेकाे क्यानले बताएकाे छ। हिजाे अन्तिम दिन मात्रै अवलाेकनकर्ताहरूकाे सङ्ख्या ५५ हजार रहेकाे क्यानकाे तथ्याङ्क छ ।
इन्फोटेकमा विशेष गरी मोबाइलका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखिन्थ्याे । नेपाल टेलिकमले केही पहिले शुरू गरेकाे फाेर जी प्रविधि, इन्टरनेट सेवा प्रदायकहरूका अाकर्षित अफरहरूकाे अलावा सबैजसाे कम्पनीहरूले प्रदान गर्ने छुट तथा बुकिङ सुविधा लगायत क्यानका अाकर्षणहरू थिए । 
त्यस्तैगरी सुबिसु, वेबसर्फर, भायनेटका लगायतका ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले डिजिटल टिभीलार्इ केन्द्रित गरेर अफरहरू ल्याएका थिए । सुबिसुले यसै इन्फोटेक मार्फत् नै आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ ।
क्यानकै अवसरमा ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु सार्वजनिक गरे । सामसुङ, हुवावे, ओप्पो, जोप्पो, लेनोभो
, माइक्रोम्याक्स आदि ब्राण्डले नेपाली उपभोक्तालाई लक्षित गरी निर्माण गरिएको मोबाइल सार्वजनिक एवं प्रदर्शनी गरेका थिए ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij