२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना संक्रमित पुगे १२ हजार ७ सय ७२, ३ हजार १३ जना संक्रमणमुक्त

कोरोना संक्रमित पुगे १२ हजार ७ सय ७२, ३ हजार १३ जना संक्रमणमुक्त

काठमाडाैँ– नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ।

कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्म देशका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमध्ये १३ महिला र १ सय ६६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।

यसैगरी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको प्रवक्ता डा. गाैतमले बताए।

डा. गाैतमका अनुसार देशभरीका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने ९ हजार ७ सय ३१ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij