२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कोरोना (कोभिड १९) महामारी, लकडाउन र ग्यास विक्रेताको भूमिका

कोरोना (कोभिड १९) महामारी, लकडाउन र ग्यास विक्रेताको भूमिका

चन्द्र थापा, वरिष्ठ उपाध्यक्ष, ग्यास विक्रेता महासंघ नेपाल

कोरोना महामारीको कारण मुलुक यतिबेला लकडाउनको अवस्थामा छ । यस सङ्कटको घडीमा ग्यास अभाव हुन नदिन नेपाल आयल निगम र सम्बन्धित मन्त्रालय निरन्तर लागिपरिरहेका छन् । यसलाई सहज र व्यवस्थित बनाउन ग्यास उद्योगीहरु र हामी विक्रेताहरु पनि त्यत्तिकै जिम्मेवार भएर लागिरहेका छौं । जसले गर्दा अहिले बजारमा ग्यास अभाव छैन । विगत केही दिन अगाडि छिमेकी मुलुकले गरेको लकडाउनसँगै ग्यास नआउने हो कि भनी कतिपय उपभोक्ताहरुले आत्तिएर घरमा भएका खालि सिलिन्डरहरुलाई भरी गराउन खोज्दा माग र आपुर्ति बीच केही समस्या हुन गयो । जसबाट एउटै मात्र सिलिण्डर हुने उपभोक्ताले ग्यास सकिने बित्तिकै पाउन कठिन भयो र अभाव देखिन गयो । जसलाई मध्यनजर गर्दै तत्कालै आधा सिलिन्डर ग्यास भरेर बजार पठाउने निर्णय र सोही निर्णय अनुरुप काम भयो । तत्पश्चात् सबैको घरघरमा ग्यास पनि पुग्यो । अहिले अवस्था सामान्य भएपछि भरी सिलिण्डर (१४.२ किलो) ग्यास आउन शुरु भइसकेको छ । यतिबेला होटलहरु बन्द छन् । धेरै उपभोक्ताहरु गाउँ फर्किसकेका हुनाले ग्यासको खपत र विक्रीवितरण कमै छ ।

संक्रमणको समयमा ग्यास वितरण गर्दा लगाउनको लागि हामीले गुणस्तरीय मास्कहरु बजारमा नपाएको कारण हामीलाई गुणस्तरीय मास्क, पञ्जा र यससँग सम्बन्धित जनचेतना आवश्यक भएको हुँदा सो व्यवस्था गरिदिन नेपाल आयल निगम र ग्यास उद्योगीहरुसँग अनुरोध गर्दछौं ।

लकडाउनमा ग्यास बिक्रेताहरुको अवस्था

अहिले कोरोना भाइरसको सम्भावित संक्रमणलाई लक्षित गरी लकडाउन गरिएको यस अवस्थामा सरकारले सबै नागरिकलाई घरमै बस्न निर्देशन दिइरहेको हुँदाहुँर्द पनि हामी ग्यास बिक्रेताहरु भने सडक किनाराको पसलमा रहेर ग्यास विक्रीवितरण गर्नु निकै चुनौतीको विषय छ । विहान घरबाट पसल खोल्न जान लाग्दा बच्चाहरुले ‘बाबा लकडाउनको अवस्था छ, संक्रमण बढिरहेको छ, सरकारले घरबाट ननिस्कनु भनिरहेको अवस्था छ । यस्तो अवस्थामा घर छोडेर पसल खोल्न नजानुस्’ भनेर रुँदै गर्दा हामीले ‘सुरक्षित भएर काम गर्छौं, चिन्ता नगर’ भन्दै सम्झाउँदै आफ्नो जिम्म्मेवारीलाई महत्वपूर्ण ठान्दै सम्भावित संक्रमण हुनबाट जोगाउन सरकारबाट गरिएको लकडाउनमा यसरी आवतजावत गर्न हुँदैन भनी कतिपय अवस्थामा सुरक्षाकर्मीबाट गरिएको अवरोधलाई समेत अनुरोध गर्दै ग्यास पसल खोलेर आफ्नो डिलरमा आएको र भएको ग्यास साधारण मास्क, पञ्जा र सामाजिक दूरीलाई ध्यानमा राख्दै काम गरिरहेका छौं ।

हामी बुझ्छौं, यतिबेला उपभोक्तालाई समस्या परेको बेला हामीले ग्यास वितरण नगरेर कसले गर्ने ? जसरी पनि उपभोक्ताको चुल्हो ग्यासको कारण निभ्न दिनुहुँदैन भन्ने सोच राख्दै जिम्मेवार भएर देशैभरीका हामी विक्रेताहरुले काम गरिरहेका छौं । यस संकटको घडीमा उपभोक्ताहरु पनि मास्क लगाएर डिलरमा आइदिन र डिलरमा आएर सामाजिक दूरी कायम गर्दै भीडभाड नगरी पालो पर्खिएर ग्यास लिन हामी अनुरोध गर्दछौं ।’

निकट भविष्यमा कोरोना महामारीको कारण मुलुकले विभिन्न खाले संकटहरुको सामना गर्नुपर्ने हुन सक्छ । त्यस मध्ये खाद्यव्यवस्था पनि महत्वपूर्ण विषय हुन सक्छ । जसमा आपुर्ति भन्दा पनि उत्पादनको भूमिका प्रमुख हुन्छ । उदाहरणको लागि छिमेकी मुलुकमा उत्पादित प्याजले सोही देशको माग धान्न सकेन भने नेपाल नआउन पनि सक्छ । यदि आयो भनेपनि अत्यन्तै महँगोमा किन्नुपर्ने हुन्छ । जो विगतमा हामीले भोगिसकेका छौं ।

 

कुनै पनि उद्योग वा व्यवसायीको लागि उपभोक्ता भनेको भगवान सरह नै हुन्छन् । यदि उपभोक्ताले खरिद गरिदिनुभयो भने मात्र त्यो उद्योग वा व्यवसाय चल्ने हो । त्यसकारण यी र यस्ता सङ्कटहरुलाई सामना गर्दै हामी जिम्मेवार भएर आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ, जुन विषय हामी देशैभरिका ग्यास विक्रेताहरुले बुझेका छौं र काम पनि गर्छौं । वर्तमान सङ्कटलाई कुनै विक्रेताहरुले अवसर बनाएर उपभोक्ताहरु बढी मूल्य लिने जस्ता गलत सोचले काम गर्छन् भने उनीहरु विक्रेताको नाममा कलंक हुन् । साथै त्यस्ता विक्रेताहरु जो कोही भएपनि अपराधी सरह हुन् भन्ने बुझाइ हामीमा छ ।

सरकारसँग हामी ग्यास विक्रेताहरुको अनुरोध

यो महामारीको पीडामा रहिरहँदा सरकारले लकडाउनको माध्यमबाट संक्रमण फैलिन नदिन गरेका कामहरु प्रशंसनीय छन् । अहिलेको यस विषम परिस्थितिमा आलोचना भन्दा पनि सल्लाह सुझाव र सहयोग महत्वपूर्ण हुन्छ । यतिखेर नेपाल सरकार, राजनीतिक दल, निजी क्षेत्र र जनता एक भएर महामारीको विरुद्ध लड्नुपर्छ । अहिलेको यस संक्रमणबाट बाँच्नु र बचाउनु अनि संक्रमणलाई पराजित गर्नु नै प्रमुख हुन्छ । अहिले सरकारको निर्णय र निर्देशनलाई पालना गर्दै लकडाउनमा रहनु महामारीबाट बच्ने सबैभन्दा भरपर्दो विधिको रुपमा बुझ्नुपर्छ । यही अवधिमा नेपालमा भएका विज्ञ डाक्टरहरु अनि सम्बन्धित क्षेत्रका वैज्ञानिकहरुले अब कुन विधि प्रयोग गर्ने भन्नेमा जोड दिनु आवश्यक देखिन्छ । अहिलेको विषम परिस्थितिमा उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रहरुमा उत्पन्न संकटहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको हाम्रो बुझाई छ । उपयुक्त सम्बोधनको आशा र भरोसामा अहिले निजी क्षेत्र छ । अहिलेको परिस्थितिलाई राम्ररी विश्लेषण गरी के गर्ने कसो गर्ने भन्ने सम्बन्धमा उपयुक्त समाधान दिन राज्य मातहतका व्यक्तिहरु नै संक्षम हुनुहुन्छ । यस सन्दर्भमा सरकारको उपस्थितिको अनुभुति हुनुपर्छ भनी अनुरोध मात्र हामी गर्न सक्छौं ।

निकट भविष्यमा कोरोना महामारीको कारण मुलुकले विभिन्न खाले संकटहरुको सामना गर्नुपर्ने हुन सक्छ । त्यस मध्ये खाद्यव्यवस्था पनि महत्वपूर्ण विषय हुन सक्छ । जसमा आपुर्ति भन्दा पनि उत्पादनको भूमिका प्रमुख हुन्छ । उदाहरणको लागि छिमेकी मुलुकमा उत्पादित प्याजले सोही देशको माग धान्न सकेन भने नेपाल नआउन पनि सक्छ । यदि आयो भनेपनि अत्यन्तै महँगोमा किन्नुपर्ने हुन्छ । जो विगतमा हामीले भोगिसकेका छौं । तब समय छँदै विज्ञ जनशक्ति उपयोग गर्दै कृषकहरुको उच्च मनोबलमा सरकारबाट उन्नत जातका बिउविजन र मलखादको व्यवस्था गरी कृषियोग्य जमीन हराभरा बनाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहले तत्कालै काम शुरु गर्नुपर्ने हाम्रो बुझाइ र सुझाव छ ।

अन्त्यमा

यस संक्रमणको समयमा ग्यास वितरण गर्दा लगाउनको लागि हामीले गुणस्तरीय मास्कहरु बजारमा नपाएको कारण हामीलाई गुणस्तरीय मास्क, पञ्जा र यससँग सम्बन्धित जनचेतना आवश्यक भएको हुँदा सो व्यवस्था गरिदिन नेपाल आयल निगम र ग्यास उद्योगीहरुसँग अनुरोध गर्दछौं । यो संकटको घडीमा सुरक्षित विधि अपनाएर ग्यास विक्रीवितरण गर्न देशैभरीका ग्यास विक्रेता साथीहरुलाई सर्कुलर गरिरहेका छौं । र सोहीअनुरुप साथीहरुले काम गरिरहेको हाम्रो बुझाई छ । प्रज्वलनशिल पदार्थ एलपी ग्यास सावधानीपूर्वक प्रयोग गर्न सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई म स्वयं र ग्यास विक्रेता महासंघको तर्फबाट अनुरोध गर्दछौं । साथै नयाँ बर्षले सबै नेपालीहरुमा खुसी, शान्ति र आरोग्यता ल्याउन सकोस् भन्ने कामना पनि गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij