२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना अपडेट: विश्वभर २ लाख ४४ हजार बढिको मुत्यु, संक्रमित ३४ लाख ८३ हजार नाघ्यो, कहाँ कति, सुची सहित

कोरोना अपडेट: विश्वभर २ लाख ४४ हजार बढिको मुत्यु, संक्रमित ३४ लाख ८३ हजार नाघ्यो, कहाँ कति, सुची सहित

काठमाण्डौँ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ४४ हजार ७ सय नाघेको छ । कूल संक्रमितको ३४ लाख ८३ हजार पुगेको छ भने निको हुनेको संख्या ११ लाख ८ हजार छ ।

भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या साढे ३९ हजार हुँदा मृत्यु हुनेको संख्या एकहजार ३२३ भएको वल्डओमिटरले लेखेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या मात्रै ६७,४१० पुगेको छ, विभिन्न राज्यमा गरी संक्रमितको संख्या साढे ११ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट बढी मृत्यु हुने अन्य देशमा इटाली, बेलायत, स्पेन र फ्रान्स रहेका छन् । इटालीमा २८,७१०, बेलायत २८,१३१, स्पेन २५,१०० र फ्रान्समा २४७६० जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । बेल्जियम, ब्राजिल र इरानमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij