२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनाको औषधि बनाएको भन्दै ठगेको आरोपमा रामदेवमाथि मुद्धा हाल्दै राजस्थान सरकार

कोरोनाको औषधि बनाएको भन्दै ठगेको आरोपमा रामदेवमाथि मुद्धा हाल्दै राजस्थान सरकार

कोरोनाको औषधि कोरोनिल बनाएको दावी गर्ने भारतीय बाबा रामदेबलाई राजस्थान सरकारले मुद्धा दायर गर्ने भएको छ । राजस्थान सरकारले उनीमाथि बिना अनुमति परिक्षण गरेको अभियोगमा मुद्धा दायर गर्न लागेको हो ।

रामदेबले दाबी गरेका थिए बि कोरोनिललाई पतंजली रिसर्च इन्स्टीचियुट र नेशनल इन्स्टीचियुट अफ मेडिकल साइन्स युनिभर्सिटि (निम्स), जयपुर ले मिलेर बनाएको थियो । कोरोनिलको उद्घाटनको मौकामा निम्सको चान्सलर प्रोफेसर बलवीर सिंह तोमर पनि सहभागी थिए ।

पतंजली रिसर्च फाउन्डेशन ट्रस्टको तर्फबाट आयुष मन्त्रालयलाई भनिएको छ कि यो क्लिनिकल ट्रायल जयपुरको नेशनल इन्स्टीचियुट अफ मेडिकल साइन्स एण्ड रिसर्च (निम्स) मा गरिएको थियो । तर उनीहरुले सबै नियमको पालना गरेर बनाएको दाबी गरेका छन् ।

कोरोनिल माथि सवाल उठेपछि आयुष मन्त्रालयमा पंतजलीको तर्फबाट जुन रिसर्च पेपर दिइएको थियो, उसको अनुसार कोरोनिलको क्लिनिकल टेस्ट १२० यस्तो बिरामीलाई गरिएको छ जसमा कोरोना भाइरसको लक्षण धेरै कम थियो । यी विरामीहरुको उममेर १५ देखी ८० बर्ष बिचको थियो ।

राजस्थान सरकारले पंजलीले कोरोनिलको परिक्षण पस्चात आफुलाई कुनै पनि अनुमति नलिएको बताएको छ । सरकराले भनेको छ कि निम्समा कुनै पपनि विरामीको रिपोर्ट तिन दिन मा नै आउदैन र जुन विरामीमा कोरोनिल परिक्षण गरीयो ति सबैको रिपोर्ट त्यही दिन नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij