
नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको छ ।
कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस किसिमकाे समस्या सृजना हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए।
अधिकारीका अनुसार विरामी व्यवस्थापनमा निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन् । त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा नै राख्नैपर्ने बाध्यता सृजना भएकाे परेको मन्त्रालयले जनाएको छ।
सरकारले लक्षण नभएका काेराेना संक्रमितलाई होम आइसोलेसनमा राख्ने याेजना बनाएकाे थियाे । तर टोलवासीले काेराेना फैलिने शंका गरेर यस्ता विरामीलाइ पनि हाेम अाइसाेलेसनमा बस्न दिएका छैनन् । याे समाचार अाजकाे नागरिक दैनिकमा खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij