काभ्रे । २०८३ जेठ १५ – काभ्रे जिल्लाको पनौतीस्थित रैथाने रिसोर्टमा कोइराला बन्धु समाजको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
समाजका सदस्यहरू, अग्रज व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
साधारण सभाबाट ई. ऋषि कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी श्री चोपराज कोइराला र श्री नवराज कोइराला उपाध्यक्ष, श्री प्रकाश कोइराला र श्री भरत कोइराला सचिव तथा श्री सोवराज कोइराला कोषाध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

त्यसैगरी श्रीमती सीता कोइराला (नीता), श्रीमती हरीप्रिया कोइराला, श्रीमती शारदा रेग्मी कोइराला, श्रीमती सम्झना रिजाल कोइराला, श्री खेमराज कोइराला, श्री रमेश कोइराला, श्री एवराज कोइराला, श्री उत्तम कोइराला, श्री हेमकुमार कोइराला, श्रीमती निर्मला कोइराला तथा श्रीमती शुभलक्ष्मी कोइराला कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ।
साधारण सभाको अवसरमा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो। सम्मानित हुनेहरूमा समाजका ज्येष्ठ सदस्य, समाजसेवी तथा सरल र मिलनसार व्यक्तित्व श्री बद्रीप्रसाद कोइराला, नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत शाखा अधिकृत पदमा उत्तीर्ण हुन सफल सुश्री प्रसिद्धी कोइराला तथा सफल उद्यमी, व्यवसायी एवं समाजसेवी श्री उमेश कोइराला रहनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले कोइराला बन्धुहरूबीच आपसी सद्भाव, एकता, सहकार्य र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समाजलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साथै नवगठित कार्यसमितिले समाजको उद्देश्यअनुसार सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरूलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गरिएको थियो।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij