
के भयो के भयो मलाई यो दिललाई के भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो
के के भयो जिन्दगिमा बुझ्न गाह्रो भयो
हराभरा बगैचामा तिमि सँग भेट भयो
घर बनाउन तिमिबाट सहयोग भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो
जहिले पनि जितेको ठान्छु तिमि सँग मैले
तिमिलाई सधै खुसि बनाएर राख्नेछु मैले
यो दिलको घर थियो तिम्रो बास भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो
सधैभरि हासि खुसि बाचौला म यहि
रमाउला खुसि साथ सधै भएर यहि
हासि खुसि नै रहन्छ मेरो जिन्दगि यो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij