२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

व्यवसाय सञ्चालनको लागि यी हुन्छन् चाल्नुपर्ने कदमहरु

के तपाई व्यवसाय सञ्चालन गर्ने बारे सोचिरहनुभएको छ ? यी प्रक्रियाहरु पालना गर्नुहोस्

के तपाई व्यवसाय सञ्चालन गर्ने बारे सोचिरहनुभएको छ ? यी प्रक्रियाहरु पालना गर्नुहोस्

– कमल पन्थी

व्यवसायको तुलनामा जागिर खाने कार्य धेरै मानिसहरुको लागि सहज लाग्छ सक्छ । यो स्वभाविक पनि हो । किनकि हामीले बुझ्दै आएका छौं कि जागिर सुरक्षित हुन्छ, व्यवसाय जोखिमपूर्ण हुन्छ भनेर । यो पनि थाहा छ कि जागिर खाने भनेको अन्य कसैले आधार तयार गरिदिएको संस्थामा कुनै एउटै दायित्व वहन गरे पुग्छ, व्यवसायमा संलग्न व्यक्तिले धेरै परिस्थिति र जिम्मेवारीहरुलाई आफैंले वहन गर्नुपर्छ ।

यस लेखमा हामी तपाईंहरुलाई नेपालमा नै रहेर कसरी व्यवसाय स्थापना गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी उपलब्ध गराउने प्रयत्न गरेका छौं । जसको उद्धेश्य व्यवसाय स्थापना गर्नु गाह्रो काम होइन, यसको लागि हामीले केही प्रक्रियाहरु पालना गर्नुपर्ने हुन्छ भन्ने कुराबारे सिकाउने रहेको छ ।

व्यवसाय स्थापनाको लागि पालना गर्नुपर्ने कदमहरु

 

१. बजार अनुसन्धान

  •  सबैभन्दा पहिले कुन वस्तुको बजारमा माग छ ? त्यस वस्तुको पहिचान गर्नुहोस् । तपाईं आफूमा त्यस वस्तु/  सेवा/  क्षेत्रको ज्ञान वा विज्ञता छ वा छैन भन्ने पनि यकिन गर्नुहोस् ।
  •  तपाईंका सीपर योग्यता समेत पहिचान गर्नुस् । सोहीबमोजिम रुचि, हिम्मत र उत्साह छ वा छैन पहिचान गर्नुहोस् । प्रडक्ट छनौट गर्दा यो याद गर्नुस् कि तपाईंको प्रडक्टले बजारको आवश्यकता र खाडल पूरा गर्न सकोस् ।
  •  बजार विश्लेषण:  आफ्नो लक्षित वर्ग, प्रतिस्पर्धी, र त्यस उद्योगको वृद्धिको टे««ण्डलाई सूक्ष्म रुपमा विष्लेषण गर्नुहोस् । बजारको आकार, वृद्धि सम्भाव्यताका अलावा सम्भावित चुनौतीहरु बारे समेत जागरुक बनेर बुझ्ने प्रयत्न गर्नुहोस् ।२. व्यापार योजना

२.  व्यावसायिक खाका

  • आफ्नो व्यवसायलाई कुन किसिमले अघी बढाउने सोच्नुभएको छ ? निश्चित खाका तयार गर्नुहोस् । जहाँ स्पष्ट रूपमा आफ्नो व्यापार लक्ष्य, लक्षित बजार, उत्पादन वा सेवाहरू एवं बिक्रीका तरिकाहरु समेटिउन् ।

 

३. वित्तीय लागत अनुमानः

आफ्नो व्यवसाय स्थापना गर्ने क्रममा कहाँ कुन कामको लागि कति–कति खर्च विनियोजन गर्नुपर्छ भन्ने सम्बन्धमा सूक्ष्म रुपमा वित्तीय लागत अनुमान गर्नुहोस् । जहाँ तपाइँको मुख्य पुँजी लगानी, सञ्चालन खर्च, नाफा नोक्सानीको उच्चतम र न्यूनतम स्थिति, सटर भाडा, सरकारी राजस्व, व्यवसाय दर्ताको क्रममा लाग्ने लागत (सरकारी दस्तुर एवं परामर्श शुल्क) लगायत समेटिनुपर्छ ।

४. व्यापार संरचना
आफ्नो कारोबारको प्रकृति, अपेक्षित कारोबार, पूर्व अनुभव, श्रोत व्यवस्थापनको सहजता, सरकारी नीतिनियम लगायतको आधारमा व्यापार संरचना बारे निर्णय लिनुहोस् ।

  •  एकल स्वामित्वः यो स्थापना गर्न सहज छ । सबै लगानी मालिक आफैं १ जनाले गर्नुपर्छ । सम्भावित नाफा नोक्सानी दुवैको वहन आफैंले गर्नुपर्छ । यो परम्परागत तवरको व्यवसाय हो ।
  •  साझेदारी / प्रा.लिः यस किसिमको व्यवसायमा एक भन्दा बढी व्यक्तिहरुको लगानी रहेको हुन्छ । सोही अनुसार जोखिम, दायित्व र मुनाफा लगायत सबै पक्षहरुमा सबै लगानीकर्ताले जिम्मेवारी वहन गर्नुपर्छ ।
  •  पब्लिक लिमिटेड कम्पनीः यस्तो संरचना मूलतः व्यवसाय सञ्चालनको लागि ठूलो लगानी आवश्यक पर्दा निर्माण गरिन्छ । जहाँ केही संस्थापक मालिकहरूबाट परियोजना निर्माणको लागि लगानी जुट्न नसक्ने अवस्थामा सार्वजनिक आह्वान गरेर रकम जुटाउने गरिन्छ । कारोबारमा हुने नाफाघाटाका आधारमा संलग्न रहेका सदस्यहरुले लाभ प्राप्त गर्न सक्छन् ।

 

५. व्यवसाय दर्ता

  • कानुनी सहयोगीः तपाईं कम्पनी दर्ता प्रक्रिया र कानुनी व्यवस्था बारे अनविज्ञ हुनुहुन्छ भने व्यवसाय शुरु गर्नुपूर्व कुनै कानुनी सहयोगीसँग परामर्श लिनुहोस् । साथै आफ्नो उद्धेश्य अनुसार कम्पनी दर्ता गर्ने काममा सहयोगको लागि उनलाई आग्रह गर्नुहोस् ।
    कम्पनीको नाम रिजर्भेसनः कम्पनी (प्राइभेट लि. वा पब्लिक लि.)ले सबैभन्दा पहिले कम्पनी रजिस्ट्रारको कार्यालय मार्फत आफ्नो चाहना अनुसारको नाम रुजु गराई लिनुपर्छ ।
    कम्पनी दर्ताः कम्पनी रजिस्ट्रारको कार्यालयमा आफ्नो छनौट गरिएको व्यापार संरचना दर्ता गर्न आवश्यक कागजातहरू र शुल्कहरू बुझाउनुहोस् ।
  • कर कार्यालयमा दर्ताः आन्तरिक राजस्व विभाग वा मातहतका निकायबाट कारोबारको प्रकृति अनुसार स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट दर्ता गराई नम्बर लिनुहोस् ।

६. अनुमति र इजाजतपत्र प्राप्ति ः

तपाईंको व्यवसायको प्रकार र स्थानका आधारमा अन्य विभिन्न सरकारी निकायहरुबाट थप अनुमतिहरू लिनुपर्ने आवश्यकता समेत रहन सक्छ । जस्तो कि प्रकृति अनुसार वातावरणीय प्रदूषण सम्बन्धी अनुमतिहरू, स्वास्थ्य र सुरक्षा प्रमाणपत्रहरू, वित्तीय कारोबार, मुद्रा सटही, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आदि ।

७. कम्पनीको नाममा बैंक खाता सञ्चालन

एउटा भरपर्दो बैंक छनोट गर्नुहोस् र आफ्नो व्यक्तिगत र व्यापारिक वित्तीय गतिविधि अलग–अलग हुने गरी कम्पनीको बैंक खाता सञ्चालन गर्नुहोस् । जसबाट तपाईंलाई वित्तीय लेनदेनको सुविधा प्राप्ति हुनेछ ।
पुँजी लगानीः प्रारम्भिक रूपमा तपाईंको व्यवसायलाई अघी बढाउने कार्यको लागि तपाईंको आफ्नै बचत, व्यक्तिगत ऋणहरू लगायतको माध्यमबाट पुँजी सङ्कलन गर्नुहोस् ।

८. कार्यालय स्थापना र उपकरणः

कारोबार अघी बढाउनको लागि अब राम्रो डेकोरेसन सहित कार्यालय स्थापना गर्नुहोस् । जहाँ तपाईंको कारोबार सञ्चालनको लागि आवश्यक सबै उपकरणहरु उपलब्ध होउन् ।
जनशक्ति व्यवस्थापनः आवश्यकता अनुसार जनशक्तिको उपलब्धताको लागि दरखास्त आह्वान गरी सही पात्रलाई नियुक्त गर्नुहोस् ।

स्रोत व्यवस्थापनः

  • ऋणः  व्यापार बढाउन ऋण पनि महत्वपूर्ण हुन्छ । यसकारण व्यापार ऋणको लागी बैंक वा वित्तीय संस्थाहरुलाई सम्पर्क गर्नुहोस् ।
    थप लगानीकर्ताहरूको खोजीः  यदि तपाईंको व्यवसायमा उच्च वृद्धि क्षमता छ र तपाईं एक्लैले लगानी जुटाउन सक्नुहुन्न भने थप लगानीकर्ताहरू वा उद्यम पूंजीपतिहरू खोज्नुहोस् । जसले तपाईंलाईअघी बढ्न सहयोग पुग्नेछ ।

 

९. ब्राण्डिङ एवं बजारीकरण

तपाईं आफ्ना लक्षित वर्ग सम्म पुग्न र आफ्नो उत्पादनको ब्राण्डिङ गर्न तयार हुनुहोस् । यसको लागि निश्चित मार्केटिङ रणनीति विकास गर्नुहोस् । यसको लागि अनलाइन र अफलाइन मार्केटिङ च्यानलहरू प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुहुनेछ । व्यवसाय गर्ने क्रममा कानुनी र नियामकीय व्यवस्था बारे समेत सुचुचित हुनु जरुरी रहन्छः

१०. थप सहयोग आवश्यक परेमा…………
यदि तपाईंलाई थप सहयोगको आवश्यकता प¥यो भने सम्बन्धित क्षेत्रका विज्ञहरुबाट सल्लाह सुझाव लिनुहोस् । यसको लागि वकिल, लेखापरीक्षक, लेखापाल, सरकारी कार्यालयका कर्मचारी एवं व्यापार सल्लाहकारहरूसँग परामर्श लिन सक्नुहुन्छ ।
नआत्तिनुहोस्, सफल व्यवसाय निर्माण गर्न समय, लगानी र प्रयास दुवै लाग्छ । चुनौतिहरू र अवरोधहरूको लागि तयार हुनुहोस्, तर आफ्नो सपनाहरूलाई नछोड्नुहोस् ।

 

व्यापार व्यवसायमा संलग्न हुनुपूर्व यी लिङ्कहरुमा पनि अवश्य क्लिक गर्नुहोस् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: https://moics.gov.np/np

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागः  https://doc.gov.np/

कम्पनी रजिष्ट्रारको कार्यालयः  https://ocr.gov.np/
आन्तरिक राजस्व विभागः  https://ird.gov.np/
नेपाल उद्योग वाणिज्य महासंघः https://fncci.org/

 

व्यवसायीले यी कुरामा पनि जानकारी हासिल गर्नुपर्छ ।

माइक्रो, साना र मझौला उद्यमहरू (MSMEs):

नेपालले माइक्रो, साना र मझौला उद्यमहरू (MSMEs) को लागि कर छुट, सहुलियत ऋण, र व्यवसाय विकास सेवाहरू सहित विभिन्न प्रोत्साहन र समर्थन कार्यक्रमहरू प्रदान गरिँदै आइएका छ। तपाईंले उद्योग, वाणिज्य, र आपूर्ति विभागको वेबसाइट मार्फत यी कार्यक्रमहरूको बारेमा जानकारी पाउन सक्नुहुन्छ ।

  • वैदेशिक लगानी :  सरकारले नेपालमा विदेशी लगानीको स्वागत गर्दै लगानी लाइसेन्स प्राप्त गर्ने प्रक्रियालाई सरल बनाएको छ । तपाईंले नेपाल लगानी बोर्डको वेबसाइट https://ibn.gov.np/ बाट विदेशी लगानी नीति र प्रक्रियाहरू बारे थप जान्न सक्नुहुन्छ ।
  • विशिष्ट उद्योग नियमहरू:तपाईंको व्यापार क्षेत्रको आधारमा, तपाईंले सान्दर्भिक नियामक निकायहरूबाट थप इजाजतपत्र र अनुमतिहरू प्राप्त गर्न आवश्यक पर्दछ । उदाहरणका लागि, पर्यटन व्यवसायले पर्यटन विभागमा दर्ता गर्नुपर्ने हुन सक्छ, जबकि खाद्य उत्पादन व्यवसायले खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षा नियमहरूको पालना गर्नुपर्ने हुन सक्छ।

 

थप मार्गदर्शनका लागि स्रोतहरू:

  • नेपालसँग विभिन्न क्षेत्रहरूमा स्टार्टअपहरूलाई समर्थन प्रदान गर्ने धेरै व्यवसायिक इन्क्यूबेटरहरू र एक्सेलेटरहरू छन्।यी संस्थाहरूले सल्लाह, प्रशिक्षण, नेटवर्किङ अवसरहरू, र सह-कार्य गर्ने ठाउँहरू पनि प्रस्ताव गर्न सक्छन्। केही उदाहरणहरू समावेश छन्:

व्यावसायिक संघसंस्थाहरू:

तपाईंको उद्योगसँग सम्बन्धित व्यावसायिक संघमा सामेल हुनाले बहुमूल्य स्रोतहरू, नेटवर्किङ अवसरहरू, र उद्योग ट्रेण्डहरूमा अद्यावधिक विवरण सहितका  डेटाहरु प्रदान गर्न सक्छन्।  जस्तै

    • नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)
    • नेपाल बिजनेस फोरम (NBF)
    • नेपाल उद्योग परिसंघ (CNI)
    • नेपाल चेम्बर अफ कमर्स

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij