
व्यवसायको तुलनामा जागिर खाने कार्य धेरै मानिसहरुको लागि सहज लाग्छ सक्छ । यो स्वभाविक पनि हो । किनकि हामीले बुझ्दै आएका छौं कि जागिर सुरक्षित हुन्छ, व्यवसाय जोखिमपूर्ण हुन्छ भनेर । यो पनि थाहा छ कि जागिर खाने भनेको अन्य कसैले आधार तयार गरिदिएको संस्थामा कुनै एउटै दायित्व वहन गरे पुग्छ, व्यवसायमा संलग्न व्यक्तिले धेरै परिस्थिति र जिम्मेवारीहरुलाई आफैंले वहन गर्नुपर्छ ।
यस लेखमा हामी तपाईंहरुलाई नेपालमा नै रहेर कसरी व्यवसाय स्थापना गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी उपलब्ध गराउने प्रयत्न गरेका छौं । जसको उद्धेश्य व्यवसाय स्थापना गर्नु गाह्रो काम होइन, यसको लागि हामीले केही प्रक्रियाहरु पालना गर्नुपर्ने हुन्छ भन्ने कुराबारे सिकाउने रहेको छ ।
व्यवसाय स्थापनाको लागि पालना गर्नुपर्ने कदमहरु
१. बजार अनुसन्धान
२. व्यावसायिक खाका
३. वित्तीय लागत अनुमानः
आफ्नो व्यवसाय स्थापना गर्ने क्रममा कहाँ कुन कामको लागि कति–कति खर्च विनियोजन गर्नुपर्छ भन्ने सम्बन्धमा सूक्ष्म रुपमा वित्तीय लागत अनुमान गर्नुहोस् । जहाँ तपाइँको मुख्य पुँजी लगानी, सञ्चालन खर्च, नाफा नोक्सानीको उच्चतम र न्यूनतम स्थिति, सटर भाडा, सरकारी राजस्व, व्यवसाय दर्ताको क्रममा लाग्ने लागत (सरकारी दस्तुर एवं परामर्श शुल्क) लगायत समेटिनुपर्छ ।

४. व्यापार संरचना
आफ्नो कारोबारको प्रकृति, अपेक्षित कारोबार, पूर्व अनुभव, श्रोत व्यवस्थापनको सहजता, सरकारी नीतिनियम लगायतको आधारमा व्यापार संरचना बारे निर्णय लिनुहोस् ।
५. व्यवसाय दर्ता
६. अनुमति र इजाजतपत्र प्राप्ति ः
तपाईंको व्यवसायको प्रकार र स्थानका आधारमा अन्य विभिन्न सरकारी निकायहरुबाट थप अनुमतिहरू लिनुपर्ने आवश्यकता समेत रहन सक्छ । जस्तो कि प्रकृति अनुसार वातावरणीय प्रदूषण सम्बन्धी अनुमतिहरू, स्वास्थ्य र सुरक्षा प्रमाणपत्रहरू, वित्तीय कारोबार, मुद्रा सटही, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आदि ।
७. कम्पनीको नाममा बैंक खाता सञ्चालन
एउटा भरपर्दो बैंक छनोट गर्नुहोस् र आफ्नो व्यक्तिगत र व्यापारिक वित्तीय गतिविधि अलग–अलग हुने गरी कम्पनीको बैंक खाता सञ्चालन गर्नुहोस् । जसबाट तपाईंलाई वित्तीय लेनदेनको सुविधा प्राप्ति हुनेछ ।
पुँजी लगानीः प्रारम्भिक रूपमा तपाईंको व्यवसायलाई अघी बढाउने कार्यको लागि तपाईंको आफ्नै बचत, व्यक्तिगत ऋणहरू लगायतको माध्यमबाट पुँजी सङ्कलन गर्नुहोस् ।
८. कार्यालय स्थापना र उपकरणः
कारोबार अघी बढाउनको लागि अब राम्रो डेकोरेसन सहित कार्यालय स्थापना गर्नुहोस् । जहाँ तपाईंको कारोबार सञ्चालनको लागि आवश्यक सबै उपकरणहरु उपलब्ध होउन् ।
जनशक्ति व्यवस्थापनः आवश्यकता अनुसार जनशक्तिको उपलब्धताको लागि दरखास्त आह्वान गरी सही पात्रलाई नियुक्त गर्नुहोस् ।
स्रोत व्यवस्थापनः

९. ब्राण्डिङ एवं बजारीकरण
तपाईं आफ्ना लक्षित वर्ग सम्म पुग्न र आफ्नो उत्पादनको ब्राण्डिङ गर्न तयार हुनुहोस् । यसको लागि निश्चित मार्केटिङ रणनीति विकास गर्नुहोस् । यसको लागि अनलाइन र अफलाइन मार्केटिङ च्यानलहरू प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुहुनेछ । व्यवसाय गर्ने क्रममा कानुनी र नियामकीय व्यवस्था बारे समेत सुचुचित हुनु जरुरी रहन्छः
१०. थप सहयोग आवश्यक परेमा…………
यदि तपाईंलाई थप सहयोगको आवश्यकता प¥यो भने सम्बन्धित क्षेत्रका विज्ञहरुबाट सल्लाह सुझाव लिनुहोस् । यसको लागि वकिल, लेखापरीक्षक, लेखापाल, सरकारी कार्यालयका कर्मचारी एवं व्यापार सल्लाहकारहरूसँग परामर्श लिन सक्नुहुन्छ ।
नआत्तिनुहोस्, सफल व्यवसाय निर्माण गर्न समय, लगानी र प्रयास दुवै लाग्छ । चुनौतिहरू र अवरोधहरूको लागि तयार हुनुहोस्, तर आफ्नो सपनाहरूलाई नछोड्नुहोस् ।
व्यापार व्यवसायमा संलग्न हुनुपूर्व यी लिङ्कहरुमा पनि अवश्य क्लिक गर्नुहोस् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: https://moics.gov.np/np
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागः https://doc.gov.np/
कम्पनी रजिष्ट्रारको कार्यालयः https://ocr.gov.np/
आन्तरिक राजस्व विभागः https://ird.gov.np/
नेपाल उद्योग वाणिज्य महासंघः https://fncci.org/
व्यवसायीले यी कुरामा पनि जानकारी हासिल गर्नुपर्छ ।
माइक्रो, साना र मझौला उद्यमहरू (MSMEs):
नेपालले माइक्रो, साना र मझौला उद्यमहरू (MSMEs) को लागि कर छुट, सहुलियत ऋण, र व्यवसाय विकास सेवाहरू सहित विभिन्न प्रोत्साहन र समर्थन कार्यक्रमहरू प्रदान गरिँदै आइएका छ। तपाईंले उद्योग, वाणिज्य, र आपूर्ति विभागको वेबसाइट मार्फत यी कार्यक्रमहरूको बारेमा जानकारी पाउन सक्नुहुन्छ ।
थप मार्गदर्शनका लागि स्रोतहरू:
व्यावसायिक संघसंस्थाहरू:
तपाईंको उद्योगसँग सम्बन्धित व्यावसायिक संघमा सामेल हुनाले बहुमूल्य स्रोतहरू, नेटवर्किङ अवसरहरू, र उद्योग ट्रेण्डहरूमा अद्यावधिक विवरण सहितका डेटाहरु प्रदान गर्न सक्छन्। जस्तै
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij