२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

केबी सम्राटद्वारा लिखित कर्तव्यवाेधमा समर्पित कविता “म”

केबी सम्राटद्वारा लिखित कर्तव्यवाेधमा समर्पित कविता “म”

केबी सम्राट, अध्यक्ष, पशुपति अन्नपूर्णा आश्रम
म भगवानको सन्तती मलाई मानिसको सन्तती बनाइयो ।
म मातृभूमी नेपालको छोरा मलाई नेता र भ्रस्टाचारिको दास बनाइयो ।।
म मेरै देशको दास बन्न चाहे तर उनिहरुले मलाई विदेशीको दास बनाए ।
म विदेशी मालिक बन्न चाहेँ तर उनिहरुले मलाई विदेश तिरै हुत्याए ।।
म मेरो देशको प्रखर राष्ट्रवादी बन्न खोजेँ उनिहरुले मलाई पार्टीको कार्यकर्ता बनाए ।
म पार्टीकै प्रखर नेता बन्न चाहेँ उनिहरुले मलाई खुट्टा तान्ने प्रवृत्ति सिकाए ।।
म सुझाब दिने सुझावकार बन्न खोजेँ उनिहरुले मलाई हल्कारा बनाए ।
म उनीहरुलाई सकारात्मक सोच भावनाको उपहार दिन खोजेँ
तर, उनिहरुले मलाई नकारात्मक कर्मको पथमा हिँडाए ।
म नीतिको प्रचार गर्न खोजेँ तर उनीहरुले मलाई नेताको चाकरी गर्न सिकाए ।
म सिद्धान्तका कुरा गर्न खोजेँ, उनीहरुले मलाई व्यक्तिका कुरा गर्न सिकाए ।।
म कर्तव्यका कुरा गर्न खोजेँ, उनीहरुले मलाई अधिकारका कुरामा तड्पाए ।
म सकारात्मक कर्म गर्न खोजेँ उनीहरुले मलाई नकारात्मक कुरा सिकाए ।
म आस्थाका कुरा गर्न खोजेँ, उनिहरुले मलाई खास्साका कुरा सिकाए ।
म विचारका कुरा गर्न खोजेँ, उनिहरुले मलाई त छाड्का कुरा सिकाए ।
म मेरो देशको माया गर्न खोजेँ उनिहरुले मलाई मेरो देशको मायाबाट तड्पाई दिए ।।
म पार्टीको वकालत गर्न खोजेँ, उनिहरुले मलाई गुटको वकालत गर्न सिकाए ।
म मेरो देशको पहिचान बढाउन खोजेँ उनिहरुले मलाई गुट्को सदस्यता दिलाए ।।
म जनताको काम गर्न खोजेँ , उनिहरुले मलाई नेताको चाकरी सिकाए ।
म मेरो देशका जनताको सेवामा लाग्न खोजेँ, उनिहरुले मलाई नेताको सेवामा लगाए ।।
म मेरो विचार देशमा लगाउन खोजेँ, उनिहरुले मलाई अवसरवादीको पाठ सिकाए ।
म मेरो झुपडीमा रमाउन खोजेँ, उनिहरुले मलाई महलको सपना देखाए ।।
म मेरो घरको सकारात्मक पाटो लिन खोजेँ, उनीहरुले मलाई राजनितीको पाठ सिकाए ।
म मेरा जनताका भावना बुझ्न खोजेँ, उनीहरुले मलाई आसे-पासेको दर्जामा बस्न सिकाए ।।
म मेरै नीतिमा लाग्न खोजेँ, उनिहरुले मलाई राजनीतिमा लाग्न सिकाए ।
म मेरा जनता एकतामा लाग्न खोजेँ उनीहरुले मलाई जन्ता फुट गर्न सिकाए ।।
म मेरो देशको अश्मिता जोगाउन खोजेँ, उनिहरुले मलाई लुटमा संलग्न गराए ।
म मेरो देशको आम्दानि गराउन खोजे, उनीहरुले मलाई खर्चको पाटो सिकाए ।।
म मलाई नै गाली खान खोजेँ, उनिहरुले अनावश्यक ताली बजाउन सिकाए ।
म मेरो आफ्नो जिवनको सिँढी चढ्न खोजेँ उनीहरुले अनावश्यक रुपमा लिफ्ट चढ्न सिकाए ।।
म मेरो गाउँ बनाउन खोजेँ, उनीहरु मलाई भत्काउन सिकाए ।
म मलाई राज्यको नोकर बनाउन खोजेँ, उनिहरु मलाई देशैबाट निकाल्न सिकाए ।।
म मेरा जनता धनी हुने बाटो खोजेँ, उनीहरु म र मेरा जनतालाई धनीबाट नै खोस्न सिकाए ।
म मेरो देशको नोकर हुन खोजेँ, उनीहरु म र मेरा जनतालाई नेताबाट नै निकाल्न सिकाए ।।
म मेरो देशको सडक बनाउन खोजेँ, उनिहरु म र मेरा जनताका महल समेत खोस्न सिकाए ।
म मेरो देशको भत्किएको सड्क मर्मत गर्न खोजेँ, उनिहरु मलाई लगाएको माला पनि खोस्न सिकाए ।।
म मेरो देशमा सबै थोक सुधार्ी खोजे, उनिहरु मलाई सबै थोक बिगार्न सिकाए ।
म सबैलाई हसाउन खोजेँ, उनिहरु म र मेरो देशसहितलाई रुवाउन सिकाए ।।
जय राष्ट्र

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij