२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कृषि क्षेत्रलाई व्यावसायिक गर्न राज्यको सहयोग आवश्यक छः व्यवसायी थापा

कृषि क्षेत्रलाई व्यावसायिक गर्न राज्यको सहयोग आवश्यक छः व्यवसायी थापा

मधुकर थापा उदयपुरका एक कृषि उद्यमी हुन् । लामो समय देखि सञ्चार क्षेत्रमा समेत संलग्न रहँदै आएका थापा  यसपटक  आफ्ना कृषिजन्य उत्पादन लिएर भृकुटीमण्डपकाे प्रदर्शनी मेलामा सहभागि भएका छन् ।

कृषि क्षेत्रलाई राज्यले महत्व दिन नसकेकोमा उनी चिन्तित छन् । नेपालमा राज्यले कृषिको अवस्था माथि उठाउने उद्येश्यले विभिन्न कार्यक्रम गर्दै आएको भएपनि सही किसान एवं उद्यमी राज्यबाट लाभ लिन नसकेको उनी तर्क गर्छन् ।

साना तथा घरेलु उद्योग महासंघ उदयपुरका जिल्ला अध्यक्ष समेत रहेका थापा कृषि व्यवसायमा विगत ५ बर्ष पहिले देखि संलग्न भएका हुन् ।

आफ्नो स्टलमा उनले मकैको च्याख्ला, कोदोको पीठो, सिलाम, बेसार लगायतका अर्गानिक उत्पादन प्रदर्शनीमा राखेका छन् । यी सबै उत्पादनलाइ विषादीरहित तवरले उनले उत्पादन गरेका छन् ।

उनी माछापालन, कुखुरापालन लगायतमा पनि संलग्न छन् ।

आफ्ना उत्पादनलाई विषादीरहित बनाउन आफैंले पशुपालन समेत गर्दै आएका पात्र हुन् उनी ।

नेपालको कृषिलाई आत्मनिर्भरमुखीबाट निर्यातमुखी बनाउनुपर्ने आवश्यकता महसुस गरेर उनले आफ््नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

थापा उद्यमशिल सोच भएका व्यक्ति हुन् । यद्यपि विभिन्न बाह्य कारणहरूले व्यवसायीमा समस्या सृजना हुने उनी बताउँछन् ।

राज्यबाट समेत सहयोग पाउन सकेको खण्डमा कृषि क्षेत्रको व्यावसायिकरण एवं निर्यात गर्न समस्या नहुने उनको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij