काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्टा फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ ।
कारवाउ अवार्ड्समा सान्टा फेले उक्त अवार्ड प्राप्त गरेको हुन्डाईले जनाएको छ ।
मूल्य, क्षमता, आरामदायीपना लगायत बुँदामा आधारित रहेर कारवाउको सम्पादकीय टोलीले वार्षिक सयौं कारबारे मूल्यांक गरिरहेको हुन्छ । सोही आधारमा सान्टा फे कार अफ द इयर भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij