२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

काठमाडौं मेरियट होटलले अतिथिहरु र कर्मचारीहरुको सुरक्षामा विशेष पहल

काठमाडौं मेरियट होटलले अतिथिहरु र कर्मचारीहरुको सुरक्षामा विशेष पहल

नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।


नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो उत्कृष्टता दिन प्रयाश गरिरहेको छ ।

होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामका उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ, जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिँदै आइरहेको छ । होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ ।

कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् । हाल यस होटलको ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij