२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

काठमाडौं जेसिजमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार

काठमाडौं जेसिजमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार

इनु थापाले सन् २०१८ मा नेतृत्व गर्ने

काठमाडौं– काठमाडौं जेसिसको अध्यक्षको जिम्मेवारी ४८ बर्षे इतिहासमा पहिलो पटक महिलाले सम्हालेकी छन् । ३५औं शाखा अधिबेशन तथा ४७औं वार्षिक साधारण सभा बाट अध्यक्षमा निर्वाचित इनु थापाले सन् २०१८ का लागि पदभार ग्रहण गरेकी हुन् ।
उनलाई निवर्तमान अध्यक्ष दीपक भण्डारीले पद तथा गोपनीयताको सफत गराई पदभार हस्तान्तरण गरे । पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेपाल जेसिजका निरूपित राष्ट्रीय कार्यकारी उपाध्यक्ष पदम बिक्रम सिंह तथा निरूपित राष्ट्रीय उपाध्यक्ष रबिन पोखरेलको उपस्थितीमा राजधानीको नेपा ब्याङकेटमा आयोजित ४८ औ पदस्थापन समारोह कार्यक्रममा काठमाडौं जेसिजका पुर्ब अध्यक्षहरु गजेन्द्र बहादुर श्रेष्ठ, प्रकाश चन्द्र प्रधान,सन्जय नाथ जोशी, ईन्द्र रत्न बज्राचार्य,सुरेश प्रजापति,मनोज कुमार श्रेष्ठ,शुशिल कुमार श्रेष्ठ ,रत्न काजी श्रेष्ठ, सुशील कुमार श्रेष्ठ,बद्री दास श्रेष्ठ,सुशील बाबु श्रेष्ठ, मनिन्द्र बहादुर जोशी,श्याम कृष्ण श्रेष्ठ ,प्रमील स्थापित, चन्द्र रबी श्रेष्ठ, गणेश पौडेल ले बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारीको गलाबाट अध्यक्षको पदभार प्रतिक चेन (हार) झीकी निर्वाचित प्रथम महिला अध्यक्ष सेनेटर इनु थापालाई पहिरायी दिएका थिए ।
सोही अबसरमा नवनिर्वाचित अध्यक्ष थापाले २०१८ का लागि कानुनी सल्लाहकारमा सागर श्रेष्ठलाई नियुक्त गरी संचालक समितिलाई पूर्णता प्रदान गरी १६ सदस्यीय पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन ।नयाँ निर्वाचित पदाधिकारीमा निवर्तमान अध्यक्ष दिपक भण्डारी, कार्यकारी उपाध्यक्षहरु बिबश कर्माचार्य, भुवनकुमार श्रेष्ठ र मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सहसचिबमा रफी भण्डारी, सहकोषाध्यक्षमा प्रनिल थापा उपाध्यक्षहरुमा एन्जिला खड्का, रोजी अधिकारी, शोभा बस्नेत सिंह, होमराज श्रेष्ठ, प्रकाश श्रेष्ठ र रबिनकुमार महर्जन रहेका छन् ।
कार्यक्रममा जेसिजलाई योगदान पुर्याउने विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले युवाहरुलाई देश विकासका लागि जागरुक हुन आग्रह गरे । उनले जताततै बेथिति बढिरहेकाले त्यसलाई सही बाटोमा ल्याउन जेसिजमा संलग्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij