काठमाडौँ, २१ चैत – पछिल्ला केही दिनदेखि बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा लागेको बाक्लो बादल अझै केही दिन रहने भएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार भोलि शुक्रबारदेखि हावाको गति आजको तुलनामा बढी रहने सम्भावना छ, जसले गर्दा क्रमशः आकाश खुल्दै जानेछ। हाल उपत्यकामा वर्षाको सम्भावना नरहे पनि क्रमशः बादल पन्छिने संकेत देखिएको छ। बुधबारको तुलनामा आज तापक्रम केही घटेको छ भने भोलिदेखि तापक्रम क्रमशः बढ्दै जानेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली कायम रहेको महाशाखाले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij