काठमाडाैं क्षेत्र नम्बर ६ का निर्वाचन परिचालन कमिटीका कमान्डर हिमाल सर्माले बाम गठबन्धनकाे अवस्था सबै क्षेत्रमा राम्राे रहेकाे, कुनै वडाबाट भाेट कम अाउने अवस्था नभएकाे, विगत देखि वामपन्थीहरूले यस क्षेत्रमा राम्राे पार्न सफल भएकाे, अाफूहरू निरन्तर रूपमा जनताका दुखसुखमा साथ दिएकाे लगायतका कारण अाफ्नाे विजय सुनिश्चित रहेकाे बताएका छन् ।
कमान्डर सर्माले अाफ्नाे जितका अाधारहरूलार्इ यसरी विष्लेषण गरे, हाम्रो अवस्था अलि कमजोर रहन सक्ने बारे हामीलाई अलि शंका भएका क्षेत्रहरु महानगरका २७ र २८ नम्बर वडाहरु हुन् । तर स्थलगत अध्ययन गर्दा हाम्रो अवस्था ती वडाहरुमा पनि राम्रो नै देखिएको छ । हामीले हार्ने वडा कुनै पनि छैन । हामीले भारी मतले जित्नेछौं । त्यसको मतलब १ हजार वा १५ सयले मात्र होइन, हामीले कम्तीमा पनि ५ हजार मतले जित्छौंं र जित्नुपर्छ ।
अाफ्नाे विगतकाे स्मरण गर्दै सर्माले भने, मैले २०६५ को निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवारी दिएको थिएँ । चुनाव जितेपनि हारेपनि जनतासँग सधैं सम्पर्क र सहयोगमा रहन्छु भन्ने मेरो प्रतिवद्धतालाई मैले बिर्सेको छैन । म सधैं जनतासँगै छु ।
मलाई २०६५ को निर्वाचनमा दिनुभएको ६ हजार मतको अहिले पनि म ऋणी नै छु । जुन प्रयाप्त मत थियो । हामी आपसमा फुटेका थियौं । म, योगेश भट्टराई, केशव स्थापित, सञ्जय श्रेष्ठ लगायत सबैजना अहिले एकैठाऊँ भएका छौं । जसलेगर्दा हाम्रो यस क्षेत्रको जित सुनिश्चित छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij