२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कसैको प्रलोभनमा नपर्न मतदातालार्इ जनमोर्चाको आग्रह

कसैको प्रलोभनमा नपर्न मतदातालार्इ जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले चुनावी गतिविधिलाई तीव्र पारेको छ । जनतालाई पूरा हुन नक्ने प्रतिवद्धताहरु मात्र बाँडेको बताउँदै राष्ट्रिय जनमोर्चा काठमाडौंका अध्यक्ष लाल बहादुर थापाले आफू संलग्न दल अहिले सम्म स्वच्छ छवि भएको दलको रुपमा स्थापित हुन सकेको साथै जनताका दुखसुखमा सँगै रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा उम्मेदवारी समेत दिएका थापाले जनताहरुलाई चुनावको मुखमा केही दलहरुले विभिन्न प्रलोभनमा पार्ने प्रयाश समेत गरिरहेको भन्दै जनताहरुलाई त्यस्ता प्रलोभनबाट सतर्क रहन समेत आग्रह गरेका छन् ।
मुलुकलाई समृद्धिको दिशामा अघी बढेको हेर्ने चाहना जनतामा हुने हो भने कुनै प्रलोभनको पछि नलागि विकासको भिजन भएका दल र नेतालाई निर्वाचन मार्फत जिताउन उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij