भैरहवा, जेठ १२ । साहित्यकार कविता देवकोटा रिजालको कविताका छिटाहरु कविता संग्रह एक कार्यक्रमका बीच भैरहवामा बिमोचन भएको छ ।
कविता बिमोचन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै साहित्यकार वनमाली निराकारले कविता देवकोटा रिजालका कविताहरुले समाजमा नयाँ सन्देश प्रवाह गरेको बताएका थिए । 
बिमोचित कृतिको समीक्षा गर्दै साहित्यकार डा.हिरण्य लाल ज्ञवालीले कृृतिकारका रचना खारीँदै कृति सम्म आइपुगेको बताउँदै कृतिमा ३८ वटा कविताहरु मध्ये धेरै देशभक्तिले मुखरित भएको बताएका थिए ।
कार्यक्रममा प्रश्रित प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. कपिलदेव लामिछाने, साहित्यकार बालकृष्ण भट्राई, साहित्यकार विजय सागर लगायतले कविता देवकोटा रिजाललाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।
साहित्यकार रामेश्वरी पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका साहित्यकार कुसुमाखर न्यौपाने, महाकवि मोदनाथ शास्त्री, साहित्यकारहरु गंगा लिगल, उमेश चन्द्र रिजाल, खगेन्द्र प्रसाद बस्याल,तेज प्रसाद पन्त,कृष्ण प्रसाद बस्याल, राम बहादुर श्रेष्ठ,डिबि पुन, छवि ज्ञवाली लगायतको उपस्थीति रहेको थियो । महिला स्रष्टा साबित्रि घिमिरेको स्वागत मन्तव्य तथा अनुराधा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij