२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कविताः आमा मलाई स्कुल जान मन छ

कविताः आमा मलाई स्कुल जान मन छ

क्रिष्मदा भट्ट

 

समय पनि कस्तो आएछ आमा !
मैले मेरै विद्यालय नटेकेकाे पनि महिनौँ भएछ

फैलिँदा महाव्याधि जीवाणुकाे
व्याप्त भाे संकट सर्वत्र

निदान खाेज्दा खाेज्दै हर साँझ
महिनौं वित्याे झन आज ।

 

पाेहाेर साल,
संगै पढेका साथी भेट्ने रहरमा
संझनाकाे भारी मन
रहरै रहरमा पौडिरहँदा
पर्खाइकाे बादलले क्षितिज काटिसक्याे ।

किनारमा ढिस्काे गर्ल्याम्म भासिएझैं
मेरा मनाेकाङ्क्षाहरु
चुर्लुम्म डुबानमा परेकाे छ आमा !

मेराे कक्षाकाे भित्तामा झुन्डिएको नक्शा,
मेरै देशकाे पुरानै छ
अझै फेरिएकाे नि छैन ।

खै कहिले फेरिएला नयाँ नक्शा,
त्यसैले
मलाई स्कुल जान मन छ आमा !

म स्कुल नजाँदामा कुनै दिन,
मेरो शिक्षकले प्रश्न गर्नुहुन्थ्यो,
स्कुल किन नआएकाे तिमी?

तर आमा
न तिमीले साेध्यौ न शिक्षकले मलाई ,
म अनुत्तरित छु आज,
पालेदाईले बजाउने घण्टीकाे आवाज
नसुनेकाे धेरै भाे आमा !

मेराे सुन्दर सपनाकाे माधुर्यता,
अनि मेराे लक्ष्य ,
त्रासमा अवरुद्ध भै विलिन छ।

त्यसैले
मलाई स्कुल जान मन छ आमा !
मलाई स्कुल जान मन छ आमा !

(नेशनल प्याव्शन काठमाडौंद्वारा आयाेजित जिल्ला स्तरिय कविता प्रतियोगिता-२०७७ मा प्रथम स्थान प्राप्त गर्न सफल कविता हाे याे । यसकाे
लेखन तथा वाचन क्रिष्मदा भट्टले गरेकी हुन् । उनी तारकेश्वर-९ स्थित ज्ञानभूमी स्कुलमा अध्ययनरत छिन् ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij