जनचेतना नेपालका केन्द्रिय अध्यक्ष एवम बिगत दुई दसक देखि निरन्तर कलाकारिता तथा समाज सेवामा समर्पित श्री बालकृष्ण निरौला लाई पितृशोक परेको छ ।
स्वर्गीय पिता टिकाराम निरौलाको आफ्नै निवासमा दम रोगका कारण आइतबार राती ११ बजे बुध्द शान्तिचोक-२ झापामा ८० बर्सको उमेरमा निधन भएको हो ।
उहाँका तीन सन्तान छन् । मुकुन्द निरौला, बालकृस्ण निरौला र छोरी पद्द्मा नेपाल ।
बालकृष्ण निरौला नेपाली काङ्ग्रेसका पुर्ब मन्त्री सरिता प्रसाइको स्वकिय सचिबको रुपमा रहँदै आएका छन् ।
त्यसै गरि उनी स्थानिय झापामा पनि युवा समाज सेवि को रुपमा चिरपरिचित ब्यक्ति हुन ।
आदर्णिय पिता टिकाराम निरौलाको यो असामयिक निधनबाट उक्त परिवारले अतुअलनिय क्षति ब्यहोर्नु परेको यो शोकाकुल घडिमा सम्पुर्ण परिवारलाइ धैर्यधारण गर्ने क्षमता मिल्न सकाेस् भन्दै हार्दिक श्रध्दान्जली व्यक्त गर्दछाैं ।