२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एशियन लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिकाे लागि हकप्रद जारी गर्दै

एशियन लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिकाे लागि हकप्रद जारी गर्दै

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि अर्थात माघ १२ गते मात्रै बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनससहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त ७.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम हुन्छ । उक्त पुँजीको ४२ प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij