
काठमाडौं । होमबहादुर श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उनलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो ।
कम्पनीका सीईओ० राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारीअधिकृत होमबहादुर श्रेष्ठलाई आजैदेखि लागु हुने गरी नियुक्त गरिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij