एभरेष्ट बैंकले कोरोना (कोभिड-१९) राहत कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख रुपैयाँ गरी ४२ लाख र केन्द्रिय सरकारलाई ६० लाख रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सचिव लक्ष्मण अर्याललाई बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्माले उक्त रकम हस्तान्तरण गरे । कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संघसंस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij