२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एन्जिला हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

एन्जिला हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई हन्ड्रेड स्पोर्ट्सले ब्राण्ड एम्बास्डर बनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।

हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाउने सम्झौता गरेको छ । र सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ ।

साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले एन्जिलाको संसारभरी मार्केटिङको काम गर्नेछ ।

हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा व्यवसायिक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए । कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij