२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल

काठमाडौँ । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई हिजै देखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो ।

ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनी यसअघि हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भईसकेका व्यक्ति हुन् ।

ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनीयरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा प्रवेश गरेका थिए । उनीसँग १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

ढकाल हाल एनआईसी एशिया लघुवित्तको पनि अध्यक्ष छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij