तारकेश्वर क्षेत्रमा केही समय पहिले मात्र सञ्चालनमा आएको एल्जल्स स्पाेर्ट एण्ड रिक्रिसन सेन्टरले एक पछि अर्को गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । एन्जल्स मिसन ग्रुप अन्तरगतको एन्जल्स स्पोर्टसले एसइइ विद्यार्थी लक्षित समर क्याम्प जेठ ५ मा सम्पन्न गरिसकेपछि सामाजिक उत्तरदायित्वका गतिविधिहरुमा समेत आफ्ना पाइलाहरु अघी बढाएको छ ।
तारकेश्वर बाल विकास समिति अन्तरगत सञ्चालन गरिएको अन्तर क्लब फुटबल कार्यक्रमको लागि १० दिन निःशुल्क ग्राउण्ड उपलब्ध गराएको कारण समेत अहिले एन्जल स्पोर्ट तारकेश्वर क्षेत्रमा नयाँ चर्चा कमाएको छ ।
धनगडी प्रिमियम लिग (डिपिएल), कर्णाली प्रिमियम लिग (केपीएल), लगायतमा समेत हाल एन्जल्स स्पोर्ट सहभागि भइसकेको छ ।
धनगडी प्रिमियममा राजु रिजाल र राजवीर सिंह सहभागि भइसकेका छन् भने कर्णाली प्रिमियममा ५ नम्बर प्रदेश अन्तरगत रोल्पाबाट राजवीर सिंह सहभागिताको लागि छनौट भएका छन् ।
पछिल्लो समय एन्जल स्पोर्ट परिसरमा नर्वेजियन भोलिन्टेयरहरुबाट पर्खाल लगाउने काम समेत सम्पन्न गरिसकेको यस स्पोर्ट क्लबले जेठ २५ देखि आयोजना हुन लागेको Sports Authority of Nepal को आयोजनामा हुन लागेको अन्डर १६ प्रतियोगितामा समेत सहभागिता जनाउन लागेको छ ।
अागामी दिनमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने याेजनामा एन्जल स्पाेर्टस रहेकाे समेत अध्यक्ष खिम थापाले बताएका छन् ।
नेपालमा खेलकुदको सम्भावना निकै राम्रो रहेको र खेलकुदको निम्ति महत्वपूर्ण योगदान दिन सकिने मान्यताका साथ आफूहरुले एन्जल्स स्पाेर्स सञ्चालनमा ल्याएकाे र अागामी दिनमा पनि यसलार्इ विशेष महत्वको साथ अघी बढाउँदै अधिकांश नेपालीहरुमा खेल प्रतिको रुचि र चाहना जगाउन एन्जल स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएसन सेन्टर सफल हुने समेत एन्जल स्पोर्टस्का अध्यक्ष खिम थापा दाबी गर्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij