२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ ।

रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij