२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उपत्यकामा ट्राफिक प्रहरीको ‘होली विशेष सुरक्षा योजना’, बिहानैदेखि मापसे चेकिङ गरिने

उपत्यकामा ट्राफिक प्रहरीको ‘होली विशेष सुरक्षा योजना’, बिहानैदेखि मापसे चेकिङ गरिने

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गर्ने भएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो ।

पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होलीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होली मा होली पर्वसम्बन्धी विभिन्न कार्यक्रम हुने स्थानमा बढी प्रहरी परिचालन गरिनेछ ।

‘उपत्यकाभर २,६०० बढी पोसाकका प्रहरी तैनाथ हुनेछन् । विशेष–विशेष स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिनेछ,’ एसपी रिजालले भने ।

अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij