२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित

उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित

काठमाडौँ । सरकारले पाँचौं संविधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरेको छ ।

यस बर्ष शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित गरिएको हो । शंकर ग्रुप शंकरलाल अग्रवालको अध्यक्षतामा स्थापित एक व्यवसायी ग्रुप हो, जसले छोटो समयमा नै नेपालको अर्थतन्त्रमा आफ्नो ठुलो योगदान दिन सफल भएको छ ।

यस ग्रुपले सिमेन्ट, छड, स्टिल पाइप, प्लाष्टिक प्याकेजिनङ इत्यादि निर्माण गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्याउदै आएको छ ।

शंकर ग्रुपले यो सम्मानले देश र समाजप्रतिको दायित्व बढाएको प्रतिक्रिया दिएको छ । व्यवसाय सँगै सामाजिक दायित्वलाई अझ गम्भीरता साथ लिने ग्रुपक प्रवक्ताले बताए । साथै ग्रुपले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij