२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत् आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको जनाएको छ ।

तर, अमेरिकाले एकपक्षीयरुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ । यो विगतमै असफल भइसकेको सिद्धान्त हो’–उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन’–प्रवक्ताले भनेका छन् ।

यद्यपि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्–‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।’

‘ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सहीरुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ’–मन्त्रालयले भनेको छ । रासस/योन्हाप

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij