
काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७५३ जना उतिर्ण भएका छन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन गरेको दोस्रो चरणको सीप परीक्षणका लागि छनोट भएका ६ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना उत्तिर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
दोस्रो चरणका लागि छनोट भएका ४९८ जना अनुत्तिर्ण भएको र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ । उत्तिर्ण भएकाहरूको स्वास्थ्य परीक्षण यही बैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij