२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

दुई दिन बैंकिङ सेवा बन्द रहने

इन्भेस्टमेन्ट–मेगा बैंकको एकीकृत कारोबार पुस २७ मा हुने

इन्भेस्टमेन्ट–मेगा बैंकको एकीकृत कारोबार पुस २७ मा हुने

काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार यही पुस २७ गतेबाट सुरु हुने भएको छ।

नेपाल राष्ट्र बैंकले गत पुस १७ गते नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

अब पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ।

एकीकृत कारोबार प्रयोजनार्थ डाटा माइग्रेसनलगायतका प्रयोजनका लागि दुवै बैंकको पुस २५ गते र पुस २६ गते आफ्नो केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द रहने दुवै बैंकले जनाएका छन्। इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियोमा मर्ज भएका हुन्। दुवै बैंकको गत पुस ७ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन्। मर्जरपछि बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij