२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आर्थिक पारदर्शितालाई जोड दिँदै संस्थाका गतिविधिहरू अघी बढाउने टान अध्यक्षकाे प्रतिवद्दता

आर्थिक पारदर्शितालाई जोड दिँदै संस्थाका गतिविधिहरू अघी बढाउने टान अध्यक्षकाे प्रतिवद्दता

नवराज दाहाल, अध्यक्ष, टे्«किङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान)

नेपाल इन्भाइरोन्मेटल ट्रेक्स एण्ड एक्स्पिसिडिसन सञ्चालन गर्दै आएका नवराज दाहाल धादिङ स्थित गंगाजमुना क्षेत्रका स्थायी बासिन्दा हुन् । भर्खर सम्पन्न ३९ औं साधारणसभाबाट ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा उनी निर्वाचित भएका हुन् । विगत केही बर्ष देखि टानको आन्तरिक तथा विविध प्राविधिक कारणवश राम्रो तवरले सञ्चालनमा आउन नसकेको अवस्थामा नयाँ निर्वाचित कार्यसमितिले यसलाई व्यवस्थित तवरले अघी बढाउनको निम्ति महत्वपूर्ण भूमीका निर्वाह गर्ने सम्पूर्ण पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका छन् ।
चरम राजनीतिबाट प्रभावित भइ व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासको निम्ति काम हुन नसकेको अवस्थामा अबको नेतृत्व विशुद्ध व्यावसायिक तवरले अघी बढ्ने नवनियुक्त अध्यक्ष दाहालले बताएका छन् । साथै व्यावसायिहरुका उचित र औचित्यपूर्ण अपेक्षाहरुलाई पूरा गर्ने प्रतिवद्धता समेत दाहालले जनाएका छन् ।

के छन् टानका अहिलेका समस्याहरु ?
अहिले ट्रेकिङ व्यवसाय गैरकानुनी तवरले चलेको, गाईड वा पोर्टर (भरिया) नलिई सिधै पदयात्रामा जाने लगायतका विविध समस्याहरुमा छन् । आवद्ध व्यवसायीहरुको अवस्था कमजोर भएको कारण अबको नेतृत्व मार्फत हरेक पर्यटकले अनिवार्य रुपमा भरिया वा गाइडलाई लगेर मात्र पदयात्रामा जानुपर्ने व्यवस्था गर्न लागेको छ । साथै ट्रेकिङ रुटमा प्रवेशको निम्ति तिर्नुपर्ने रकम घटाउनको निम्ति समेत आफू नेतृत्वको कार्यसमितिले काम गर्ने दाहालले बताएका छन् ।
नेपालका पदयात्राका रुटहरु छोटिँदै र ध्वंस हुँदै जाँदा पदयात्रा क्षेत्र साँघुरिएको छ । यसका खास २ ओटा कारण छन् । एउटा सबै क्षेत्रमा मोटरबाटोको विस्तार हो भने अर्को भूकम्पको कारण पदयात्राहरु भत्किनु पनि हो । यस्तो अवस्थामा ट्रेकिङ रुटको संरक्षण गर्ने, पु्नर्निर्माण गर्ने साथै नयाँ ट्रेकिङ रुटको खोजी गर्ने र त्यसको प्रचारप्रसार गर्नु आवश्यक छ । नयाँ रुटको खोजी गर्ने क्रममा पर्यटन प्रवद्धनको राम्रो सम्बन्ध रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखिनु आवश्यक छ ।

राजनीतिमुक्त टान 
विगतमा टानमा केही राजनीतिको कारण प्रभाव भएको भएपनि आगामी दिनमा भने यस्तो अवस्था रहने छैन ।

आर्थिक स्रोत व्यवस्थापन ः
टानको निम्ति मुख्य आर्थिक स्रोत टिम्सको माध्यमबाट प्राप्त रकम हो । यसको अलावा अन्य स्रोतहरुबाट समेत सङ्कलन हुने गरेको छ । बार्षिक १५-२० करोड रकम सङ्कलन हुने टानलाई व्यवस्थित तवरले सञ्चालन गर्ने क्रममा कुन शीर्षकमा कति रकम खर्च गर्नु आवश्यक रहन्छ ? सबै कुराको लेखाजोखा गरी पारदर्शी तवरले नै अघी बढाउनु आवश्यक रहन्छ ।
टिम्सको माग ट्रेकिङ व्यवसायीहरुले नै गरेका हुन् । यसैबमोजिम शुरुका दिनमा टिम्सको कार्यान्वयन र रकमको उपयोग हुँदै आएको थियो । तर पछिल्ला बर्षमा उक्त बजेट सो बमोजिम अघी बढ्न सकेन । अब पुन टानले नयाँ जन्म लिएको छ । टानका अबका गतिविधिहरुको कारण कसैले पनि हामी माथि औंला उठाउने ठाऊँ रहनेछैन ।

नेपालमा पदयात्रा व्यवसायलाई फरक तवरले प्रवद्धन गर्ने नीति समेत टानले लिने पहल गरिनु आवश्यक छ । मजदुर र व्यवसायी बीचको समस्या समाधानको क्रममा टानले मुख्य समन्वयनकारी संस्थाको भूमीकामा रही काम गर्ने, इक्विपमेन्टहरु उपलब्ध गराउने, मजदुर भलाई कोषको स्थापना, दक्ष जनशक्ति उत्पादनको निम्ति अहिलेको आवश्यकाता बमोजिमको गाइड र पोर्टर उत्पादनको निम्ति विभिन्न तालिमहरु उपलब्ध गराउने, देशमा सम्भावना भएका अन्य पर्यटन सँग सम्बन्धित संस्थाहरुसँग सहकार्यको निम्ति पहल गर्ने लगायतका कामहरु टानले अघी बढाउने बताइन्छ ।
हाल करिब १७ सय साधारण सदस्य रहेको टानले सबै व्यवसायीहरुलाई एकीकृत रुपमा नै अघी बढाउने प्रतिवद्धता जनाएको छ ।

नेपालमा अहिले गुणस्तरीय पर्यटन प्रवद्धनको निम्ति अहिले सम्म खासै पहल हुन नसकेको भएपनि आगामी दिनमा भने नेपालको पर्यटन व्यवसायलाई उत्कृष्ट व्यवसायको रुपमा अघी बढाउनको निम्ति विशेष हुनेछ ।
नेपालमा अहिले मजदुर र पर्यटक व्यवसायीहरुबीच बढेको द्वन्द्वलाई कमी गर्नको निम्ति समेत टानले पहल गर्नुपर्नेछ ।

अन्य संस्थाको भूमीका ः
नेपालमा अहिले पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने टान, हान, ना«ट्टा, सोट्टो लगायतका निजी व्यवसायीहरुको प्रतिनिधित्वि गर्ने संस्थाहरु मात्रै करिब ४० ओटा छन् । यसको अलावा मुख्य सहयागी संस्था पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको समेत विशोष् भूमीका रहन्छ ।

आगामी दिनमा टान ः
अहिले नेपालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको, प्रदेश र प्रतिनिधिसभाको निर्वचान हुने तरखरमा रहेको अवस्थामा नेपालका व्यवसायीहरु समेत निराश हुनुपर्दैन ।
नेपालमा राज्यले समेत पर्यटनलाई जुन रुपमा बुझ्नुपर्ने हो त्यस बमोजिम पर्यटन क्षेत्रको महत्व बुझ्न र सोही बमोजिम यसको बुझ्न भने दिन सकेको छैन । जसले गर्दा नेपालमा अहिले सम्म पनि पर्यटन क्षेत्रले नयाँ उद्योगको रुपमा मान्यता पाउन सकेको छैन ।

नेपालमा पदयात्राको सम्भावना ः
नेपालमा पर्यटन क्षेत्रको निकै राम्रो सम्भावना छ । पर्यटन अन्तरगत पदयात्राको सम्भावना अझ राम्रो छ । विगत ८÷१० बर्ष पहिले र अहिलेमा पर्यटनको क्षेत्रमा निकै नै परिवर्तनहरु आएका छन् । पर्यटन क्षेत्रको सम्भावना नेपालमा राम्रो छ । यसको मतलब बुद्ध, सिता, शिव, पशुपतिनाथलगायत विभिन्न पूर्वाधारहरु हामीसँग छन् भनेर मात्र हाम्रो पर्यटन क्षेत्रको विकास हुनेछैन । नेपालमा पर्यटनको विकासको निम्ति हामीले अन्य देशमा पर्यटन भित्र्याउनको निम्ति कसरी पहल हुँदैछ भन्ने कुराको अध्ययन गरी सोही बमोजिम हामी अघी बढ्नुपर्छ ।

केन्द्रीकृत भएको पदयात्रा ः
अहिले नेपालमा आउने अधिकांश पर्यटकहरु सगरमाथा, अन्नपूर्ण र लाङटाङ लगायतका क्षेत्रहरुमा जाने गरेका छन् । नेपालका पश्चिम र उत्तरमा सम्भावना बोकेका थुप्रै क्षेत्रमा पदयात्रालाई प्रवद्धन गर्नुपर्नेमा भने हामी चुकेका छौं । रुकुम, रोल्पा, अपि, सैपाल लगायतका क्षेत्रहरुमा पदयात्रा निकै राम्रो सम्भावना छ । त्यस ठाऊँको पूर्वाधार विकास र प्रचारप्रसारमा हाीले विशेष ध्यान दिनुपर्छ । नेपालमा सगरमाथाको अलावा र्सास्कृतिक र धार्मिक क्षेत्रको भ्रमणको निम्ति समेत विशेष पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij