काठमाडौं । बाम गठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् ।आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्ततः उही पराजय नै पर्यो ।

चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ ।
स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् । एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता लागिन् ? आजको साँघु साप्ताहिकले लेखेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij