२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आयातीत फलफूल तरकारीको विषादी जाँच नगर्नु आपत्तिको विषय होः नेफोस्टा

आयातीत फलफूल तरकारीको विषादी जाँच नगर्नु आपत्तिको विषय होः नेफोस्टा

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (नेफोस्टा)ले खाद्यान्नको गुणस्तर जाँच सम्बन्धमा फागुन १७ गते कान्तिपुरमा प्रकाशित समाचार सम्बन्धमा ध्यानाकर्षण भएको बताएको छ ।

‘भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरी रोक्यो’ नामक शीर्षकमा कान्तिपुरमा प्रकाशित उक्त समाचारमा तरकारीको मापदण्ड सहितको प्रस्ताव करिब ५ महिना पहिले मन्त्रीपरिषद्मा पुगेको उल्लेख छ । साथै भारतसँगको सम्बन्ध बिग्रन सक्ने कारणले गर्दा उक्त फाइल कृषि मन्त्रालयबाट फर्काइएको समेत उल्लेख छ ।

समाचार सत्य भए आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक आवश्यकताका वस्तु अन्तरगतका फलफूल तथा तरकारीको गुणस्तर कायम गर्नमा अन्य कारणबाट पछाडि हट्नु आपत्तिको विषय भएको संघले प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ ।

संघकी डा. अतुल उपाध्यायले प्रकाशन गरेको उक्त विज्ञप्तिमा ‘महिनौं पहिले मन्त्रालयमा पठाइएको फाइल किन पास हुन नसकेको हो भन्ने प्रष्ट हुन नसकेको’ भन्दै संघले प्रश्न गरेको छ ।

संघले उक्त फाइललाई अविलम्ब मन्त्री परिषद्मा पठाई उक्त मापदण्डलाई पास गराइ भारतबाट आयात हुने सम्पूर्ण फलफूल तथा तरकारी एवं अन्य खाद्य पदार्थमा समेत विषादी एवं अन्य आवश्यक जाँच गर्नुपर्ने व्यवस्थाको लागि जोडदार माग गरेको छ ।
खाद्य स्वच्छताको विषय सबैको सरोकारको विषय रहेकोमा समेत सघले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij